प्रहरी बुलेटिन : हातहतियार सहित ४ जना पक्राउ !
नेपालबहस संवाददाता
असोज ९, २०७६ बिहिबार २०:३८:२४
९ असोज धनुषा । जनकपुर उपमहानगरपालिका-२ स्थित दिपक बजाज र अमित अग्रवालको जानकी फर्निसिङ नामको फर्निचर पसलमा डाँका गर्दै गरेको अवस्थामा विभिन्न हातहतियार सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत विहार सितामढी बस्ने ४० वर्षीय मोहमद ईलयास, भारत बर्गिनिया बस्ने ३९ वर्षीय ओजिर अंसारी, रौतहट वृन्दावन नगरपालिका-१ रमौली बैरिया बस्ने ३५ वर्षीय गगन पटेल र रौतहट गौर नगरपालिका- ४ बस्ने ४५ वर्षीय विनोद प्रसाद सिंह रहेका छन् ।
उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, ताल्चा काट्ने कटर १ थान, ७ सय रुपैयाँ नगद, ठुलो पेचकस १ थान, काटेको अवस्थामा रहेको पसलमा लगाउने ताल्चा २ थान, उनीहरुले प्रयोग गरेको चप्पल १ थान र मोबाइल १ थान प्रहरीले बरामद गरेको छ ।
उक्त फर्निचर पसलको सटरको ताल्चा काटी भित्र प्रवेश गरी नगद पैसा राख्ने सेफ समेत फुटाई डाँका गर्दा(गर्दैको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले देखी नियन्त्रणमा लिने क्रममा उनीहरुले कटुवा पेस्तोल झिकी भाग्न खोजेको र प्रहरीले १ राउण्ड हवाई फायर गर्दा समेत नरोकिए पछि पुन: गोली फायर गर्दा गोली लागेर विनोद प्रसाद सिंह घाइते भएका थिए ।
घाइते विनोदको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध चरेश ५ केजी सहित पर्सा पटेर्वा सुगौली गाउँपालिका-१ बस्ने २४ वर्षीया गिता राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेकी उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परे पछि उनलाई नियन्त्रणमा लिइएको हो ।
यस्तै धादिङको थाक्रे गाउँपालिका-३ डाँडाखर्क, टोड्केडाँडा र भञ्ज्याङखर्कस्थित करिब ४ सय ५० रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती बुधबार प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय खानीखोलाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।
यता ललितपुर प्रहरीले ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई नगदसहित पक्राउ गरेको जनाएको छ ।
ललितपुर महानगरपालिका-४ नख्खुस्थित चितवन घर भएका ३४ वर्षीय अर्जुन सापकोटाको प्याराडाईज ड्राईभिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ६ जनालाई नगद ५९ हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गाईडर बस्ने ५४ वर्षीय भिमसेन लहरेको घरमा जुवातास खेलिरहेको अवस्थामा भिमसेन लहरे समेत ५ जनालाई नगद ६१ हजार २ सय १० रुपैयाँ र ४ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता मोरङमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका(४ बस्ने ४१ वर्षीय लोक बहादुर सार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै पर्सा र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पर्साको वीरगंज महानगरपालिका-२४ रामगढवास्थित सडकमा ना.६३ प ८३६४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साईकलयात्री वीरगंज महानगरपालिका-२१ परवानीपुर बस्ने ४० वर्षीय सुरेन्द्र महतोको गण्डक अस्पताल वीरगंजमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० राप्ती पुलस्थित सडकमा ना.५ ख ७९४२ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम,थर,वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
र काठमाडौं महानगरपालिका-३१ शान्तिनगर डेरा गरी बस्ने काभ्रे वेथान चोक घर भएका ३२ वर्षीय नवराज तिमिल्सिनाको कोठाबाट नगद १ लाख रुपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार