हुप्सेकोट गाउँपालिकामा ९० करोडको खानेपानी आयोजनाको वित्तीय सम्झौता

नेपालबहस संवाददाता
असोज ९, २०७६ शुक्रबार १:६:४२

मिना कंडेल
९ असोज, नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा जिल्लाकै सबै भन्दा ठुलो खानेपानी आयोजनाको निर्माणका लागि बिहिवार वित्तीय सम्झौता भएको छ । सो आयोजनाका लागि सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, आयोजनाका उपनिर्देशक विकेस बधानथाछे, नगर विकास कोषका तर्फबाट सुभाष पन्त र उपभोक्ता समितिका तर्फबाट अध्यक्ष मेकबहादुर पुलामी मगरले हस्ताक्षर गरि आयोजनाको निर्माण शुरु गरेका छन् ।
सहरी खानेपानी तथा सरसफाई आयोजना, आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, हुप्सेकोट गाउँपालिका र देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बीच वित्तीय सम्झौता भएको हो ।
जिल्लाको हुप्सेकोट गाउँपालिकाका जनतालाई प्रत्येक घरमा खानेपानी धारा पुरयाउने उद्देश्यले रु ९० करोडमा सो आयोजना निर्माण हुने गरि बिहिवार सम्झौता सम्पन्न भै कार्यक्रम शुरु भएको हुप्सेकोट खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष मेकबहादुर पुलामी मगरले बताए । हुप्सेकोट गाउँपालिका वडा नं १, २, ३ र ४ का स्थानीयबासीले आगामी दुई बर्षमा स्वच्छ र सफा खानेपानी पाउने र त्यस खानेपानबिाट करीब २६ हजार जनता प्रत्यक्ष लाभन्बीत हुने हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।
हुप्सेकोट गाउँपालिकाका २६ हजार जनतालाई तीन हजार ६५२ धाराबाट खानेपानी पुरयाउने लक्ष्यका साथ शुरु भएको सो आयोजना जिल्लाकैै सबैभन्दा ठुलो आयोजना र नमुना आयोजनाका रुपमा रहेको गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिइन् ।
सो आयोजनाका लागि स्थानीय उपभोक्ताबाट चार करोड ४४ लाख ९७ हजार, नगर विकास कोषबाट रु २२ करोड २४ लाख ८९ हजार र नेपाल सरकारबाट रु ६२ करोड २९ लाख ७० हजार गरि रु ९० करोड २२ लाख १३ हजारमा आयोजना दुई वर्षमा सम्पन्न हुने आयोजना उपभोक्ता समितिका अध्यक्ष मेक बहादुर पुलामी मगरले बताए । आयोजनाका लागि सरसफाई तर्फ रु एक करोड २२ लाख ५५ हजार छुटयाईएको छ । सो आयोजनाका लागि गिरुवारी खोला, पत्थर खोला र बेतही खोलाबाट खानेपानी ट्याकी बनाएर खानेपानी पुरयाईने लक्ष्यका साथ आगामी दुई बर्षमा हुप्सेकोट गाउँपालिकाका २६ हजार जनताले खानेपानी पाउने गाउँपालिका वडा नं ३ का वडाध्यक्ष छबिलाल मिधुन मगरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार