एशियाकै पहिलो प्रहरी सम्मेलन काठमाडौंमा, अपराधलाई क्षेत्रीय रूपमा नै निस्तेज पार्ने संकल्प
नेपालबहस संवाददाता
असोज ९, २०७६ शुक्रबार १:४१:३४
९ असोज,काठमाडौं । नेपाल प्रहरी र International Committee of the Red Cross (ICRC) को संयुक्त आयोजनामा काठमाडौंमा संचालित ३ दिवसीय ‘Asia Police Colloquium 2019’ विषयक एशियाकै पहिलो प्रहरी सम्मेलन सम्पन्न भएको छ ।
उक्त सम्मेलन समापनका अवसरमा बिहीबार आयोजित समारोहमा प्रमुख अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्मेलनमा सहभागी उच्च सुरक्षा अधिकारीहरूलाई प्रमाणपत्र वितरण गरे । सो अवसरमा उनले क्षेत्रीय तहमा मानव अधिकारको प्रबर्द्धन गर्दै कानून कार्यान्वयन गर्न विस्तृत रणनीतिहरू तयार गरी लागू गर्न सम्मेलनमा भएका छलफल एवम् एजेण्डाहरूले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
समाजलाई सुरक्षित बनाउन तथा रणनीतिक रूपमा एक अर्कालाई सहयोग गर्न सबै सहभागी देशका उच्च सुरक्षा पदाधिकारीहरू उत्साहित रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्नका लागि गरिएका कार्यहरु, अनुभव तथा सिकेका उत्तम अभ्यासहरू सम्मेलनमार्फत एकआपसमा आदान प्रदान हुने तथा अपराधलाई क्षेत्रीय रूपमा नै निस्तेज पार्न थप सहयोग मिल्ने बताए ।
समकालीन चुनौती र अवरोधहरूको पहिचान, कानूनको शासन, कमाण्ड व्यवस्थापन र समुदाय–प्रहरी साझेदारीले अख्तियार गरेको दृष्टिकोण सम्मिलित बिभिन्न विषयमा छलफल भएको यस सम्मेलनका प्रतिबिम्बित आवाज र दृष्टिकोणले अन्य राष्ट्रहरुलाई पनि प्रेरणा दिने प्रहरी महानिरीक्षक खनालले उल्लेख गरे ।
सो अवसरमा आईसीआरसी नेपालका मिशन प्रमुख आन्ड्रे पाक्केटले सम्मेलनको महत्व र सम्मेलनबाट प्राप्त निचोडहरु ज्यादै उपयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका थिए । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिवद्धता उनले व्यक्त गरे । कार्यक्रममा सहभागीको तर्फबाट नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्त र थाइल्याण्डका पुलिस मेजर जनरल APICHAT SURIBOONYA ले आ-आफ्नो मन्तव्त व्यक्त गरेका थिए ।
सम्मेलनमा नेपाल समेत गरी १५ एशियन राष्ट्रहरुका २५ जना उच्च प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो । सम्मेलनमा Contemporary Policing Constraints and Challenges in Asia, Community Engagement Benefits, Advantages and Disadvantages in Policing, Working with Military in Law Enforcement Operations, Crowd Management Command Considerations Linked to Community Engagement तथा तथा Roots of Behaviour and Restraint In Policing Group Identity positive and Negative Impacts on Policing Operations, संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्नेबारे समेतका विषयहरुमा वृहत् छलफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार