छात्रालाई निःशुल्क प्याड वितरण गरिने
नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार १४:१२:३२
१० असोज, काठमाडौं । सङ्घीय सरकारका तीन मन्त्रालयले विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई निःशुल्क प्याड वितरण गर्ने तयारी गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले समन्वयमा यससम्बन्धी नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएका छन् ।
नीति कार्यान्वयनको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दिइएको बिहीबार आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिइन । उनले नयाँ नीति छिट्टै कार्यान्वयनमा आउने जानकारी दिँदै विद्यालयमा कपडाबाट बनेका प्याड वितरण गरिने बताइन ।
प्याड निर्माणमा तालीम तथा पैरवी गर्दै आएको संस्था एक्स्पोज नेपालको १२आँै वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममै मन्त्री थापाले स्थानीय तहमा प्याड निर्माणमा तालीमको थप कार्यक्रम सञ्चालन गर्न आवश्यकता रहेकोमा जोड दिइन् ।
‘मर्यादित र स्वस्थ महिनावारीका बारेमा खुलेर कुरा गरौँ’ नाराका साथ सो संस्थाले आफ्नो वार्षिकोत्सव मनाएको थियो । प्रदेश नं ३ का प्रदेशसभा सदस्य जीवन खड्काले विद्यालय तहमा किशोर किशोरी शिक्षा प्रवद्र्धन गर्न आवश्यक रहेको चर्चा गर्दै महिनावारीका कारण विद्यालयमा छात्रा अनुपस्थित हुने अवस्थालाई अन्त्य गर्न जरुरी रहेको बताए ।
आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले चार वर्षको अवधिमा संस्थाले एक हजार ८०० महिलालाई प्याड बनाउन निःशुल्क तालीम दिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार
तालिवानका दुई शीर्ष नेताविरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी
माघ ११, २०८१ शुक्रबार