दशैँका लागी आजदेखि बजारमा नयाँ नोट साट्न पाइने
नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार १४:२५:२३
१० असोज, काठमाडौं । यस बर्षको बडा दशैँका लागी शुक्रबार ‘आज’ देखि बजारमा नयाँ नोट साट्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले दशैँमा साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवका आधारमा विभिन्न बैंक तथा वित्तिय संस्थामार्फत सटहीको सुविधा दिन लागेको हो ।
केन्द्रीय बैंकले मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाडौं उपत्यकामा रहेका बिभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने भएको छ । बैंकले पाँच, दश, २०, ५० र १०० दरले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने भएको हो ।
नोट साट्न पाइने स्थान
नयाँ नो साट्नका लागि नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा व्यवस्था मिलाइएको छ भने राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोठिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट व्यवस्थापन गरिने भएको छ ।
त्यस्तै, कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सीमित मात्रामा नयाँ नोट सटही सुविधा मिलाइएको छ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार