आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार १६:२:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/Worl-tourism-day-2076-5-1024x683-e1569557861975_heIreIDGtr.jpg)
१० असोज, काठमाडौं । आज ४० औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘टुरिज्म एन्ड जव्सः अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रियतामा दिवस भव्यताका साथ मनाउन लागिएको हो ।
दिवसकै अवसरमा मूल आयोजक समितिले आज बिहान प्रभातफेरी आयोजना ग¥यो । ठमेलस्थित कर्मचारी सञ्चयकोष भवन परिसरबाट शुरु भएको झाँकी बाँजागाजासहितको ¥याली नारायणहिटी दरबारको पूर्वतर्फ निर्माण गरिएको गणतन्त्र पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, निजी क्षेत्रका पर्यटन व्यवसायी, सङ्घसंस्थालगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
नागपोखरीस्थित गणतन्त्र पार्कमा अहिले औपचारिक कार्यक्रम शुरु भएको छ । पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालयले संयुक्त रुपमा आयोजना गरेको पर्यटन दिवस मूल समारोहको पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले उद्घाटन गरे ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा निजी क्षेत्रका अगुवा पर्यटन व्यवसायी संस्थाका प्रमुखले कार्यक्रमलाई सम्बोधन गर्ने कार्य तालिका छ । विभिन्न अवार्ड वितरणका साथै गाउँ पर्यटन प्रवद्र्धन मञ्चका तर्फबाट नमूना पर्यटकीय गाउँ घोषणा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र पर्यटन सचिव केदारबहादुर अधिकारीले विश्व पर्यटन दिवसका अवसरमा छुट्टाछुट्टै शुभकामना व्यक्त गर्दै दिवसबाट नेपाली पर्यटन क्षेत्रको विकास, विस्तार र स्थायित्वमा नयाँ आयाम थप्नुका साथै आगामी वर्ष पर्यटन क्षेत्रका लागि सुखद वर्षका रुपमा रहोस् भनी कामना गरेका छन् ।
पर्यटनको माध्यमबाट बढीभन्दा बढी रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई मजबुद तुल्याउन तथा वातावरणको दिगो व्यवस्थापनका लागि आवश्यक सजकता अपनाउँदै यस क्षेत्रको विकास प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको शुभकामन सन्देशमा उल्लेख छ ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धनात्मक गतिविधि तीव्र रुपमा अघि बढेको र अभियानलाई सफल बनाउन आम समुदायको सक्रिय भूमिका चाहिने सन्देशमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
फागुन ५, २०८१ सोमबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार