लहरे तरकारी खेती गरेरै लखपति
नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार १८:५१:२७
१० असोज, भद्रपुर । झापाको अर्जुनधारा–५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भाञ्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन् ।
उनीहरुले फार्मको नाम पनि ‘मामा–भाञ्जा सिर्जनशील कृषि फार्म’ राखेका हुन् । वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँघरमै बसेर आधुनिक खेती गर्नु उचित ठान्दै लहरे तरकारी खेतीमा होमिएको मामा भक्तबहादुर भुजेल बताउछन्।
उनीहरुको फार्ममा बेमौसमी लहरे तरकारी खेती लहलहाएको छ । यसैबाट दुवै मिहेनती भएको पुष्टि हुन्छ । तरकारी बेचेर वार्षिक रु १८ लाख नाफा हुने भाञ्जा निर्मल अधिकारी बताउछन् ।
शुरुमा फार्म खोल्दा आठ कठ्ठा जमीन लिजमा लिएको र मनग्यै आम्दानी दिन थालेपछि हाल १२ बिघा थप जग्गा लिजमा लिएर तरकारीको व्यावसायिक खेती गरिरहेको उनीहरु बताउछन् ।
मामा भाञ्जा फार्ममा जुनसुकै मौसममा करेला, बोडी, काक्रा र टमाटर लटरम्म फलेका हुन्छन् । ‘पानी जम्ने तीन बिघामा धान फलाउँदैछौँ”, कृषि कर्मबाट सन्तुष्टि मिलेको जनाउँदै भक्तबहादुर भुजेल भन्नुहुन्छ, “धान काटेपछि त्यहाँ फेरि टमाटर लगाउँछौँ ।”
उत्पादन भएको तरकारीको बजारमा समस्या छैन । नजिकको विर्तामोड, शनिश्चरे, चारपाने, चारआलीलगायतका बजारमा तरकारी खपत हुने गरेको छ । बोडी प्रतिकिलो रु ६०, करेला रु ५० देखि ६० र काक्रा रु ४५ मा विर्तामोडस्थित कृषिथोक बजारमा लगेर बेच्ने गरिएको उनले बताए ।
मामा भाञ्जा फार्ममा यतिबेला एक बिघामा काक्रा, डेढ बिघामा करेला र आठ कठ्ठामा बोडीले धमाधम आम्दानी दिइरहेको छ । बाँकी जग्गामा बिरुवा हुर्किरहेका छन् ।
फार्ममा काम गर्नका लागि स्थानीय १५ युवाले रोजगारीसमेत पाएको बताउँदै फार्म सञ्चालक अधिकारी भन्छन्, “अर्काको मुलुकमा गुलामी गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउनु धेरै जाति ।”
अर्जुनधारा नगरपालिकाले परिश्रमी किसान अधिकारी र भुजेललाई औजार खरीदमा गत आर्थिक वर्षमा रु ६० हजार अनुदान दिएको थियो । अधिकारी नगरपालिकाले किसानबाट उत्पादित तरकारी बेच्न बिक्रीकक्ष खोलिदिने हो भने विचौलियाबाट जोगिन सकिने बताउछन्।
मामा र भान्जाले मज्जाले कृषि फार्म चलाएको देखेर अर्जुनधारा–५, ८ र ११ मा डम्बर चौधरी र उनका भाइले ‘दाजुभाई कृषिफार्म’ भर्खरै स्थापना गरेका छन् ।
उनीहरुले सय हेक्टर जग्गा लिजमा लिएर प्रधानमन्त्री कृषि परियोजना विकासअन्तर्गत तरकारीको पकेट क्षेत्र नै तोकेर काम शुरु गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताए। आधुनिक प्रविधिबाट गरिने तरकारी खेतीका लागि कृषि ज्ञान केन्द्रले यस परियोजनालाई रु २५ लाख अनुदान प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
मंसिर २६, २०८१ बुधबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
चिमखोलामा स्वास्थ्य: पूर्वाधार थपियो, सेवा थपिएन
मंसिर २६, २०८१ बुधबार
अटो दुर्घटनामा बालिकाको मृत्यु, चारजना घाइते
मंसिर २६, २०८१ बुधबार