सुर्खेतलाई अपराधमुक्त बनाउँछौँ : प्रहरी प्रमुख पन्त
नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार १९:३४:१०
१० असोज, सुर्खेत । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले सुर्खेतलाई अपराधमुक्त जिल्ला बनाइने बताएका छन् । राजधानी वीरेन्द्रनगरमा आपराधिक गतिविधि बढेको जनगुनासो आएकाले यस जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने तयारीमा आफू लागेको बताए ।
“अपराधमुक्त समाज निर्माणका लागि प्रहरी अहोरात्र खट्ने छ नै”, प्रहरी उपरीक्षक पन्तले भने, “यसका लागि पत्रकार, कर्मचारी, राजनीतिक दल र नागरिक समाजको सहयोग पनि अपरिहार्य छ ।”
“यतिबेला नेपालीको महान् पर्व दशैँ तथा तिहार नजिकिँदै छ । त्यस अवधिका लागि शान्तिसुरक्षा योजना बनाउँदै छौँ,” उनले बताए, “चाड पर्वको समयमा बढी निगरानी राख्नुपर्ने भएकाले यहाँका गाउँ तथा नगरमा प्रत्येक टोलटोलमा हरेक दिन आठ वटा प्रहरी टोली खटाइने छ ।”
घरेलु मदिराका कारण आपराधिक घटना हुने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका सबै प्रहरी एकाइलाई निर्देशन दिइएको जनाउँदै प्रहरी प्रमुख पन्तले भने, “सुर्खेतमा अब गुण्डागर्दी हुँदैन । यस्ता आपराधिक कार्य नियन्त्रणका लागि फरक रणनीति अपनाएका छौँ ।”
नेपाल पत्रकार महासङ्घ सुर्खेत जिल्ला शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले दशैँमा अवैधरुपमा सञ्चालन हुने जुवातास र साँघुरा सडकका कारण हुने दुर्घटना नियन्त्रणमा प्रहरी केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए। प्रहरी निरीक्षक कृष्ण केसीले अपराधको मुख्य जड मदिरा र लागू औषध भएकाले त्यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए ।
चाडपर्वको समयमा राजमार्ग र यसका वरपर बढी आपराधिक गतिविधि हुनसक्ने भएकाले राजमार्ग क्षेत्रमा छुट्टै प्रहरी टोली परिचालन गरिने उनले जनाए । आत्महत्याका घटनामा कमी ल्याउन जनजागरणको अभियान सञ्चालन गरिने र त्यसका लागि सबै सरोकारवालासँग हातेमालो गरेर अघि बढ्ने प्रहरी निरीक्षक कृष्ण केसीको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० जना बेपत्ता
असोज १२, २०८१ शनिबार
लगातार वर्षा हुँदा माथिल्लो मनाङमा हिमपात, जनजीवन प्रभावित
असोज १२, २०८१ शनिबार