राष्ट्र बैंक बालुवाटारमा नयाँ नोट साट्नेको भिड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार २१:३०:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/Capture-5_DojopUf4tt.jpg)
१० असोज, काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । काठमाडौंसँगै देशका विभिन्न स्थानमा सटही सेवा उपलब्ध गरिएका छन् ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सटही सुविधा असोज १० देखि १७ गतेसम्म उपलब्ध हुने जानकारी दिए ।
शुक्रबार दिउँसो काउन्टर बन्द गर्ने बेलासम्म ८ सय ५७ जनाले मात्रै नयाँ नोट सटही गरेको राष्ट्र बैंकले जनाएको छ ।नेपाल राष्ट्र बैंकले दसैंको नयाँ नोट सटही सुरु गरेपछि सर्वसाधारणको भिड लागेको बैंकले जनाएको छ। राष्ट्र बैंकले यसपाली नयाँ र एक पटक प्रयोग भइसकेको सुकिलो नोट बाँड्दैछ।
मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, बीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका उपत्यकास्थित कार्यालयबाट नोट सटही गरिएको छ।
यसपाली थापाथली कार्यालय बन्द भएकाले बालुवाटारबाट नोट बाँडिएको छ। सर्वसाधारणको वालुवाटारमा लामो लाइन लागेको छ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एकरएक पाकेट गरी प्रति व्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराएको छ। यसभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराईएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार