घटस्थापनादेखि नै जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट
नेपालबहस संवाददाता
असोज १०, २०७६ शनिबार ३:२१:८
१० असोज, काठमाडौं । वायु सेवा सञ्चालक सङ्घले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
सङ्घले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो । ज्येष्ठ नागरिकले छुट पाउनका लागि सम्बन्धित वायु सेवा कम्पनीको कार्यालयमा आई स्वयम्ले आफू विपन्न भएको व्यहोरा स्वघोषणा गर्नुपर्ने, ‘ट्रङ्क रुट’मा हवाई सेवा सञ्चालन गर्ने वायु सेवा प्रदायकले प्रति सेक्टरमा एक जनालाई मात्रै यस्तो सुविधा दिने जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको योजनाअनुसार नै आफूहरुले हवाई भाडामा छुट दिन लागेको सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए ।
मन्त्री भट्टराईले सार्वजनिक गरेकोे प्रमुख प्राथमिकतामा कार्यक्रमको बुँदा नं ५९ मा ७० वर्ष माथिका विपन्न ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र कार्यान्वयन गर्ने घोषणा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार