म्यानमारमा दुर्घटनाका कारण आठ महिनामा तीन हजार ६०० को मृत्यु
नेपालबहस संवाददाता
असोज १०, २०७६ शनिबार ३:४९:३८
१० असोज, एजेन्सी । म्यानमारमा सन् २०१९ को पहिलो आठ महिनामा दुर्घटनामा परी कुल तीन हजार ६०२ व्यक्तिको मृत्यु भएको छ ।
यो अवधिमा अरु कुल १७ हजार ४० जना दुर्घटनाका कारण घाइते भएको पनि अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । देशको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार देशभरी यस अवधिमा ११ हजार ७ दुर्घटना भएका थिए ।
गत जनवरीदेखि अगस्टसम्ममा दुर्घटनामा परी मृत्यु हुनेको संख्या सवै भन्दा धेरै याङ्गुन क्षेत्रमा रहेको देखिएको छ । यो आठ महिनामा याङ्गुन क्षेत्रमा दुर्घटनाका कारण ४७४ जनाको मृत्यु भएको छ ।
त्यसपछि धेरै बागो क्षेत्रमा ४३४ जनाको मृत्यु भएको छ भने तेस्रो धेरै मण्डलाय क्षेत्रमा ४१४ जनाको मृत्यु भएको छ ।यातायात मन्त्रालय अन्तर्गतको सडक यातायात प्रशासन विभाग ‘आरटीएडी’ले संकलन गरेको विवरणमा यस्तो डरलाग्दो अवस्था देखिएको हो ।
यती धेरै दुर्घटना र मृत्यु तथा घाइते हुनेको पछाडी मानवीय त्रुटि नै मुख्य कारण रहेको अधिकारीहरुले जनाएका छन् ।सरकारी अधिकारीहरुका अनुसार तीव्र गति, चालकको लापर्वाही, ट्राफिक नियमको उल्लङ्घन, अपरिपक्वतालगायतका कारणले धेरै दुर्घटना हुने गरेका बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार