अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती
नेपालबहस संवाददाता
असोज १०, २०७६ शनिबार ३:५६:६
१० असोज, एजेन्सी । संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्र्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ ।
हालको तुलनामा उक्त सङ्ख्या ४० प्रतिशतले घटेको जनाइएको छ । यस वर्ष अमेरिकामा ३० हजार शरणार्थी रहन सक्ने गरी संख्या तोकिएको थियो । अमेरिकाको यो पछिल्लो कदमलाई मानवअधिकारवादी तथा यससँग आबद्ध संस्थाहरुले भने आलोचना गरेका पनि समाचारमा जनाइएको छ ।
शरणार्थी पुनस्र्थापना कार्यक्रम अन्तर्गत यो सङ्ख्या सबैभन्दा कम हो । यसै वर्षको सङ्ख्या ३० हजार पनि सन् १९८० यताको सबैभन्दा कम हो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति कार्यालय छोडेको अवस्थामा यो सङ्ख्या ८५ हजार रहेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शराणार्थीहरूको पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकार पछि हट्न सक्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनको त्यस निर्णयपछि यहाँ शरणार्थी संख्या कटौती गर्न थालिएको हो ।
आजको। दिन अमेरिकाको लागि अत्यन्त दुखतः दिन भएको अन्तर्राष्ट्रिय उद्धार कमितिका सिइओ डेभिद मिलिबान्दले बताए । सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि सन् २००२ मा शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गरेर २७ हजार पु¥याइएको थियो ।
शरणार्थीको यस सङ्ख्याअन्तर्गत दुःख पाएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि ५ हजार स्थान सुनिश्चित गरिने सो आदेशमा बताइएको छ ।
त्यसैगरी ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट शरण खोज्दै अमेरिकाको दक्षिणी सिमामा आउनेहरूका लागि पनि एक हजार ५०० कोटा छुट्याइने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार