जर्मनीमा तीन लाख २० हजार स्थानमा शिशु स्याहार केन्द्रको अभाव
नेपालबहस संवाददाता
असोज ११, २०७६ शनिबार १२:१:२१
११ असोज एजेन्सी । जर्मनीमा तीन बर्षमूनिका शिशुहरूको सेवाका लागि अझै झण्डै तीन लाख २० हजार स्थानमा शिशु स्याहार केन्द्रको अभाव रहेको जर्मन इकोनोमिक इन्स्टिच्युटले शुक्रबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जर्मनीका नगरपालिका तथा शहरहरूमा रहेका एक लाख ५५ हजार शिशु स्याहार केन्द्रलाई सन् २०१४ देखि अहिलेसम्ममा आठ लाख १८ हजार पु¥याइएको पनि प्रतिवेदनमा उल्लेख छ । यो वृद्धिले पनि जर्मनीमा शिशु स्याहार सुविधाका लागि आवश्यक केन्द्रहरूको माग पूरा हुन नसकेको इन्स्टिच्युटले दावी गरेको छ ।
सन् २०१४ सम्ममा जर्मनीमा थप एक लाख ९० हजार शिशु स्याहार केन्द्रको आवश्यकता रहेको थियो । “जर्मनीमा पछिल्लो समय जन्मदरमा देखिएको वृद्धिका कारण शिशु स्याहारका लागि यस्ता केन्द्रहरूको माग दैनिक बढिरहेको तथ्याङ्कले देखाएको छ,” संस्थाका परिवार नीतिमामिला वरिष्ठ अर्थशास्त्री विदो गेइस थोएनले बताए ।
उहाँले भन्नुभयो, “यसका बाहेक जर्मनीमा शिशु स्याहार केन्द्रमा बालबालिकालाई पठाउने प्रचलन पछिल्लो समय झन्भन्दा झन् सामान्य बनिरहेको छ ।” “जर्मनीमा तीन बर्ष पुगेका शिशुलाई मात्र यस्ता संस्थामा पठाउने नभै कामको चटारोले गर्दा आफ्ना सन्ताहरूलाई एक बर्ष पछि नै स्याहार केन्द्रमा भर्ना गर्ने प्रचलन पछिल्ला बर्षहरूमा ह्वात्तै बढेको पाइन्छ,” उनले सिन्ह्वासँगको कुराकानीमा बताए ।
जर्मनीको संघीय राज्य ब्रेमेनमा त हरेक पाँच शिशुमध्ये एक वा सो भन्दा धेरैले उक्त सेवा लिनबाट वञ्चित भएको बताइएको छ । यो समस्या रिनल्याण्ड, पालाटिनेट र नर्थ सिन वेस्टफालियामा पनि समान रहेको उहाँको दावी छ ।
बिहीबार जर्मनीको ब्रेटलस्म्यान प्रतिष्ठानले सार्वजनिक गरेको एक अध्ययन अनुसार जर्मनीको शिशु स्याहार प्रणालीलाई एक लाखभन्दा बढी दक्ष कामदारको कमी रहेकोे छ ।
प्रतिष्ठानका व्यवस्थापकीय समितिका सदस्य जोर्ग ड्रागरले इन्स्टिच्युटको तथ्याङ्कबारे मूल्याङ्कन गर्दै भने, “जर्मनीको कानूनमा शिशु स्याहार केन्द्रमा राखिने कामदारका लागि समान मापदण्ड अपनाइएको पाइँदैन । त्यस्ता केन्द्रको आफ्नै शर्तहरूलाई कार्यान्वयनमा ल्याउने गरेको पाइन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
अर्बौं वर्षअघि चन्द्रमाको टाढाको भागमा ज्वालामुखी विस्फोट : अनुसन्धान
कात्तिक ३०, २०८१ शुक्रबार
श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार