लिबियामा हवाई सत्र आइएस लडाकू मारिए
नेपालबहस संवाददाता
असोज ११, २०७६ शनिबार १९:४६:५१
११ असोज, एजेन्सी । अमेरिकी अफ्रिकी कमाण्ड ‘अफ्रिकम’ ले लिबियामा इस्लामिक स्टेट्स ‘आइएस’ लडाकूबिरुद्ध गरेको हवाई कारबाहीमा परी लिबियामा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
अफ्रिकमले शुक्रबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा आक्रमण भएको र मारिएका सवै इस्लामिक स्टेट्स ‘आइएस’लडाकूहरु रहेका छन् ।
अमेरिकी सहयोग रहेको लिबियाली सरकारको समर्थकमा सो कारबाही भएको र ती लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । “आइएस लडाकूविरुद्धको अभियान चलिरहेकै अवस्थामा यो घटना भएको जनाइएको छ । आतङ्कवादीहरुको सञ्जाललाई हामीले लक्षित गरेका छौँ,” अफ्रिकमले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा थप लेखिएको छ, “हामीले यस्तो आक्रमणलाई निरन्तरता दिन्छौँ, लिबियाका र अन्य यस क्षेत्रका आतङ्कवादीका विरुद्धमा पनि हाम्रो अभियान जारी छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार