चीनको खुद्रा बजारको बिक्री दरमा वृद्धि
नेपालबहस संवाददाता
असोज ११, २०७६ आइतबार ३:१२:३४
११ असोज, एजेन्सी । चीनको खुद्रा विक्री दर सन् २०१८ मा सामान्य वृद्धि भएको यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ ।
गत बर्षको विक्री परिमाण ४.७४ ट्रिलियन अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा शनिबार सार्वजनिक रिपोर्टमा उल्लेख छ । यो अघिल्लो बर्षको तुलनामा ८.९ प्रतिशतले वृद्धि हो । मन्त्रालयका अनुसार सन् २०१८ को अन्त्यसम्ममा खुद्रा व्यापारिक औद्योेगिक इकाइहरूको सङ्ख्या दुई करोड ८० लाख पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा ७.८ प्रतिशतले बढी हो ।
साङ्घाइ र सेनजेन स्टक बजारमा सूचिकृत ८५ खुद्रा कम्पनीमध्ये आधाभन्दा बढीले गत बर्ष खुद नाफा गरेका र यिमध्ये पनि दश वटा कम्पनीको आम्दानी अघिल्लो बर्षको तुलनामा दोब्बरले वृद्धि भएको तथ्याङ्कमा छ ।
गत बर्ष अनलाइनमार्फत भएको खुद्रा ब्यापार अघिल्लो बर्षको तुलनामा २३.९ प्रतिशतले वृद्धि भै नौ ट्रिलियन यूआन पुगेको छ । गत बर्ष ग्रामिण क्षेत्रको कारोबारमा ३०.४ प्रतिशतले वृद्धि भै १.४ ट्रिलियन यूआन पुगेको पनि रिपोर्टमा उल्लेख छ ।
सन् २०१८ मा मनोरञ्जन तथा सुविधाजन्य र सुपरमार्केटबाट हुने विक्री क्रमशः ८.३ प्रतिशत र ४.३ प्रतिशतले वृद्धि भएको छ भने यसबाट एक अघिल्लो बर्षको तुलनामा क्रमशः शेयरमा एक प्रतिशत र ०.५ प्रतिशतको वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार