कर्णाली प्रदेशका तीन तहमा बाल विकास कार्यक्रम
नेपालबहस संवाददाता
असोज १२, २०७६ आइतबार १३:५०:६
१२ असोज, सुर्खेत । कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो ।
विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर सेता गुराँस बाल विकास राष्ट्रिय विकास सेवाले कार्यक्रम कार्यान्वयन गर्नेछ ।सेतो गुराँसका कार्यक्रम संयोजक राधा मल्लले पोषण तथा बाल विकासमा सुधार ल्याउन अति दुर्गम तथा मध्यम भेगका दुई गाउँपालिका र सुगम भेगका एक नगरपालिकालाई छनोट गरिएको जानकारी दिए।
संयोजक मल्लले बहुक्षेत्रीय पोषण योजना दोस्रो चरणअन्तर्गत प्रारम्भिक बाल विकास रणनीति ‘विसं २०७६-२०८७’ का लागि आवश्यक योजनाहरुको कार्यान्वयन गर्न कार्यक्रमले मद्दत पु¥याउने बताए ।
उनले कर्णालीका ५४ प्रतिशत बालबालिका पोषण सुविधाबाट बञ्चित भएकाले स्थानीय तहमा एकीकृत बाल विकास कार्यक्रमको खाँचो औँल्याए।
पोषण विशेषज्ञ उमा कोइरालाले कर्णालीका बालबालिकामा कुपोषणको अवस्था चिन्ताजनक रहेकाले स्थानीय र प्रदेश सरकारले आवश्यक कार्ययोजनासहित बजेट विनियोजन गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार