अमेरिकी धावक कोलम्यानले जिते १०० मिटरको स्वर्ण पदक
नेपालबहस संवाददाता
असोज १२, २०७६ आइतबार २०:२७:२१
१२ असोज, एजेन्सी । कतारको दोहामा जारी विश्व एथ्लेटिक्स स्पर्धामा अमेरिकी धावक क्रिस्टियन कोलम्यानले १०० मिटर दौडको स्वर्णपदक जितेका छन् । जमैकाका विश्वप्रसिद्ध १०० मिटर धावक उसेन बोल्टलाई पछ्याउँदै कोलम्यानले उपाधि जितेका हुन् । बोल्टले यस खेलबाट सन्यास लिइसकेका छन् ।
यसै महिनाको शुरुमा डोपिङ काण्डमा मुछिएका यी २३ वर्षीय अमेरिकी धावकले १०० मिटरको दूरी ९.७६ सेकेन्डमा पूरा गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय स्पर्धामा पहिलो प्रतिष्ठित पदक हो ।
एकसय मिटर दौडमा गत वर्षका विजेता जस्टिन ग्याटलिनले सो दौड ९.८९ सेकेन्डमा पूरा गरी दोस्रो स्थानमा चित्त बुझाए । उनी ३७ वर्षका भइसकेका छन् । क्यानडाका आन्द्रे डी ग्रेसले ९.९० सेकेन्डमा दौड पूरा गरी तेस्रो भए ।
डोपिङको शंकामा परेका कोलम्यानले शारीरिक ऊर्जा वृद्धि गर्ने औषधि वा खानेकुरा नलिएको दाबी गर्दै आएका थिए । दोहाको यस प्रतिस्पर्धापछि उनी विश्वकै सर्वाधिक तिब्र गतिमा दौडने छैटौं व्यक्ति भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार