यो वर्षको दशैं निकै महंगो, खसीको मासु केजीकै २ हजार !
नेपालबहस संवाददाता
असोज १२, २०७६ आइतबार २१:१२:५७
१२ असोज, काठमाडौं । नेपालीहरुको महान् पर्व विजया दशमी यस पटक निकै महंगो हुने भएकाे छ । दशैंमा खसीको मासु खाने सोच बनाएकाहरुलाई मासु किलो २ हजार पुग्ने भएपछि महंगो हुने भएकाे हाे ।
सरकारले गत फागुनदेखि भारतीय खसी-बोका आयात गर्दा क्वारेन्टाइन पास गरेर मात्र आयात गर्नुपर्ने नीति ल्याएपछि यो वर्षको नेपालीको दशैं निकै महंगो हुने देखिएको छ । स्वदेशमा नै पर्याप्त मात्रामा खसी-बोका नहुनु र भारतबाट क्वारेन्टाइन पास भएर मात्रै आयात गर्नुपर्ने भएपछि यो दशैंमा खसिको मासु प्रतिकेजी २ हजार रुपैयाँको हाराहारीमा पुग्ने भएको छ ।
स्वदेशमा पर्याप्त मात्रामा खसी बोका उत्पादन नहुनु र भारतबाट पनि आवश्यक मात्रामा नआउनाले यो वर्षको दशैंमा खसीको मासु प्रतिकेजी १५ सयदेखि २ हजार रुपैयाँको हाराहारीमा पुग्नसक्ने अनुमान व्यवसायीको छ । नेपालको ३० प्रतिशत र भारतको ७० प्रतिशत खसी खपत हुने हुँदा एकाएक भारतबाट खसी ल्याउन प्रतिबन्ध लगाउने सरकारको अदुरदर्शी निर्णयको कारण नेपालीको भान्सा मंहगो भएको भएको हो ।
यसरी हेर्दा सरकारले मासुमा आत्मनिर्भर भयौं भनेर आयात रोके पनि कुखुरा, माछा, बंगुरमा आत्मनिर्भर रहेको तर खसी बोकामा नेपाल आत्मनिर्भर नरहेको देखिन्छ । यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने सर्वसाधारणले स्वस्थ मासु खान पाउन भनेर पशु क्वारेन्टाइन मापदण्ड पूरा गरेर मात्रै नेपाल खसी बोका ल्याउन लागेको जनाएको छ ।
विभागका सहायक प्रवक्ता गणेश पोखरेलका अनुसार १० प्रतिशत मात्रै खसी बोका अपुग हुन्छ, त्यो भारतबाट ल्याइने छ ।
उनका अनुसार क्वारेन्टाइन जाँच गरेर खसी-बोका मंगलबारबाट आयात हुन थालेको छ ।
खाद्य संस्थानकि प्रवक्ता शर्मिला सुवेदीका अनुसार दाङ र हेटौडाबाट खसी तथा मुस्ताङबाट च्याङग्रा गरी कुल ३ हजार जति ल्याइने छन् । त्यस्तै, खसी र बोकाको मूल्य निर्धारण नभए पनि ज्यूँदो च्याङग्राको भने प्रतिकेजी ५६० रुपैयाँ निर्धारण गरिएको छ । जुन गत वर्षको भन्दा प्रतिकेजी ३० रुपैयाँले महंगो हो ।
खसी बोकाको मूल्य स्थानीयस्तरमा भने जिल्ला प्राथमिक खरिद समितिले निर्धारण गर्ने गरेको छ । जसको अध्यक्ष जिल्ला प्रशासन अधिकारी हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
कात्तिक २३, २०८१ शुक्रबार
झापामा जुवातास खेलिरहेका १८ जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
कात्तिक २३, २०८१ शुक्रबार