ट्राफिक प्रहरीले चालकलाई माला लगाइदिएपछि यात्रुले माने अच्चम

नेपालबहस संवाददाता
असोज १२, २०७६ सोमबार १:२७:३०

१२ आसोज, काठमाडौं । सदा झैं सवारी चालकलाई हकार्ने र ट्रफिक नियम सिकाउने ट्राफिक प्रहरीले नै सवारीचालकलाई माला र खादा ओडाएर सम्मान गरेको देखेपछि यात्रुहरुले अच्चम्म मानेका छन् । ट्राफिक प्रहरीको ईसारामा राजमार्गमा गुडिरहेको सवारी साधन एकाएक रोकियो, सवारी जाँच भन्दै चालक र सह–चालक साधनबाट झरे तर सवारी जाँचको सट्टा एक्कासी गलामा खादा र माला लागेपछि चालक दङ्ग र यात्रु अच्चममा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधनका चालक र सह–चालकलाई खादा र माला लगाएर सम्मान गरिएको छ । “दुर्घटना न्यूनिकरण गर्नका लागि सचेतना स्वरुप सार्वजनिक सवारी साधनका चालक र सह–चालकलाई सम्मान गरेका छौं ।” ट्राफिक प्रहरी स्याङ्जाका प्रमुख रेशमबहादुर रानाभाटले भने, “जिल्लामा सवारी दुर्घटना शुन्य बनाउने अभियान अनुरुप चालक र सह–चालकलाई सम्मान गरेका हौं ।”
चालक सह–चालकलाई सम्मान गर्दै सवारी साधन चलाउँदा मादक पदार्थ सेवन नगर्नु, क्षमता भन्दा बढि यात्रु नराख्नु, गलत स्थानमा पार्किङ् नगर्नु लगाएतका विषयमा प्रशिक्षण समेत दिईएको थियो । सवारी साधनमा यात्रारत यात्रुलाई समेत सवारी चलाएको समयमा चालकको अस्वभाविक गतिविधि भएमा तत्काल सचेत गराउन समेत जानकारी गराईएको थियो ।
“दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुलाई कारबाही गरेर भन्दा सकारात्मक सन्देश दिनका लागि खादा र मालाले सम्मान गरेको हो ।” चालक सह–चालकलाई सम्मान गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने, “हाम्रो सानो गल्तिमा पनि ट्राफिक प्रहरीले राजश्व काटेर कारबाही गर्छ भन्ने मानसिकताको अन्त्य होस भनेर सम्मानको शैली अपनाएका छौं ।”
चालकको सानो होस वा ठूलो जस्तोसुकै गल्तिमा ट्राफिक प्रहरी कारबाही गर्ने परम्पराको छोड्दै सम्मान गरेकोमा आफु दंग परेको स्थानीय महेशबहादुर थापाले बताए । स्थानीय सुरक्षा निकायको सक्रियतामा गरिएको सम्मानले चालकहरुलाई कडाईका साथ ट्राफिक नियम पालना गर्न बाध्य हुने थापाको विचार छ ।
पछिल्लो समय सवारी दुर्घटनामा अकालमै ज्यान गुमाउने संख्या बढिरहेको सन्दर्भमा चालक सम्मानले अकालमै ज्यान गुमाउनेको संख्यामा कमि आउने विश्वास स्याङ्जाका डिएपी नविनकृष्ण भण्डारीले गरे । चालक र सह–चालक सचेत भए दुर्घटना शुन्यमा आउने भण्डारीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्याङ्जालाई दुर्घटना शुन्य बनाउन चालकलाई ‘कडा हैन मिठो कारबाही’ भन्ने अभियान चलाएको ट्राफिक प्रमुख रानाभाटले बताए । उनका अनुसार विगत १ वर्षदेखि संचालित अभियानले दुर्घटनामा कमि आएको छ । दुर्घटनालाई शुन्यमा ल्याउन ट्राफिक प्रहरीले अनेक उपाय अबलम्बन गरेको समेत रानाभाटले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार