नेप्से परिसूचक ओरालो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज १२, २०७६ सोमबार ३:४०:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/stock_exchange_nepse_nU65UibpSe.jpg)
१२ असोज काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला दिनमा लगातार घट्दै आएको बजारको लयलाई पछ्याउँदै बजार ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.६६ बिन्दुले घटेर एक हजार १२५.१४ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.९८ बिन्दुले घटेर २४६.३३ मा पुगेको छ ।
कूल १५६ कम्पनीका नौ लाख २४ हजार १९० कित्ता शेयर रु २४ करोड १४ लाख ९८ हजार ५५४ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ ।
यस्तै नौ उपसमूहका शेयर भने ओरालो लागेको छ । विकास बैंक १.४६ र अन्य उपसमूह २.३१ बिन्दुले घटेको छ । बैंकिङ ४४४, होटल ३४.२१, जलविद्युत् २.४३, वित्त ०.९१, निर्जीवन बीमा ६३.९७, उत्पादन २१.६३, लघुवित्त ६.०७, जीवन बीमा २२.५४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।
स्टकका अनुसार आज कारोवारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु तीन करोड ३६ लाख २४ हजार ३०८ मा कारोवार भई शीर्ष स्थानमा रह्यो ।
यस्तै सानिमा बैंक रु दुई करोड ५६ लाख ९० हजार ३१७, बैंक अफ काठमाडौँको सङ्घ संस्थापक शेयर रु दुई करोड पाँच लाख ८० हजार, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड २३ लाख सात हजार ७१२, कृषि विकास बैंक रु ९६ लाख ६० हजार ८५, शिवम् सिमेन्ट रु ९० लाख ३९ हजार ४५५ र एनआइसिएशिया बैंकको रु ८५ लाख १५ हजार ८८८ मा कारोवार भई शीर्ष स्थानमा रहे ।
घटेको बजारमा आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.७७ प्रतिशतले कमाए । यस्तै हिमालयन पावर पार्टनर २.९४, कृषि विकास बैंक १.९५, नेशनल हाइड्रो पावरका लगानीकर्ताले १.९२ कमाए । त्यस्तै हिमालयन ऊर्जा विकास कम्पनी ८.०३, सिन्धु विकास बैंक ६.२९, गुर्खाज फाइनान्स ६.१४, समता माइक्रोफाइनान्स ६.०५ र माछापुच्छे« बैंकका शेयरधनीले ५.८० प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार