टेबुलटेनिस खेलाडी छनोट
नेपालबहस संवाददाता
असोज १२, २०७६ सोमबार ३:५१:३६
१२ असोज काठमाडौं । नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद ‘साग’का लागि टेबुलटेनिस खेलाडी छनोट गरिएको छ ।
पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबुलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए।
छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली तथा प्रहरीका सुनिल महर्जन रहेका छन् ।
महिलातर्फ प्रहरीकी नविता श्रेष्ठ र एलिना महर्जन, नेपाल आर्मीकी रविना महर्जन र दीक्षा तामाङ तथा एपिएफकी सिका सुवाल छनोट भएका छन् ।
पुरुषतर्फ शीर्ष बरियताका खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण छनोट प्रतियोगितामा सहभागी हुन पाएनन् । “श्यान्टुले शीर्ष ५ मा छनोट भएका सुनिलसँग पुनः छनोट प्रतियोगिता खेल्न अवसर पाउने छन्”, प्रथम उपाध्यक्ष बज्राचार्यले भने ।
भारत च्याम्पियन
भारतले तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद९ साफ० यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफको खेल मैदानमा आज भएको फाइनलमा भारतले बङ्गलादेशलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधि भारतले पहिलो पटक जितेको हो । यसअघिको दुई संस्करणको उपाधि नेपालले जितेको थियो । भारतका लागि विक्रमप्रताप सिंह र रविबहादुर रानाले एक÷एक गोल गरेका थिए ।
बङ्गलादेशका लागि एसिन अर्फातीले गोल गरेका थिए । खेलको २३औँ मिनेटमा दुबै टोलीका खेलाडीले अभद्र व्यवहार गरेपछि भारतका गुरकिरत र बङ्गलादेशका मोहम्मद फाहिमले रातो कार्ड पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार