चाडपर्वमा टेलिकमको उपहार, दुई सय रुपियाँसम्म रिचार्ज गर्दा १० प्रतिशत बोनस
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार १३:४७:७
१३ असोज, काठमाडौं । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ ।
देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।
‘परीक्षणका धेरै काम सफल भइसकेका छन्’ उनले भने, ‘अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रूपमै फोरजी सेवा सुरु गर्छौं ।’ टेलिकमले महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गर्दै छ ।
मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ । त्यस्तै साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिए ।
पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उनले बताए ।
‘हरेक घण्टामा एउटा नयाँ बीटीएस स्थापना भइरहेको हुन्छ’ उनले भने ‘बीटीएस स्थापना भएसँगै नयाँ ठाउँमा फोरजी परीक्षण र सेवा सञ्चालनको काम पनि नियमित हुन्छ ।’ टेलिकमले फोरजी सेवा सुरु गर्न लागेका ठाउँमा आफ्ना प्राविधिक खटाइसकेको छ ।
बुधबारसम्म पनि ड्राइभ टेस्टलगायतका काम भने जारी हुने छन् । फोरजीको परीक्षण सञ्चालन गर्दा अधिकतम २४५ एमबीसम्मको गतिमा इन्टरनेट चलेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।
सेवा सुरु हुन लागेका सबै ठाउँमा फोरजीका लागि आवश्यक यू सीमकार्डको पनि व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । पुराना सिमकार्ड प्रयोगकर्ताले यस्तो सिमकार्ड निःशुल्क साटफेर गर्न सक्ने छन् ।
। ग्राहकले ८४४४३ डायल गरेर फोरजी सेवा सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ । टेलिकमले गत माघ २० गते देशैभर फोरजी विस्तार गर्ने परियोजनाका लागि अन्तिम सम्झौता गरेको थियो । उक्त सम्झौतामा एक वर्षभित्रमा लक्ष्यअनुसार फोरजी विस्तार गर्ने उल्लेख थियो ।
फोरजी विस्तारका लागि टेलिकमले करिब १९ अर्ब रुपियाँ लगानी गर्दै छ । टेलिकमले यो परियोजनाबाट ६५ लाख फोरजी ग्राहक थप गर्न सक्छ ।
हाल कम्पनीले काठमाडौँ उपत्यका र पोखरामा १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थतामार्फत फोरजी सेवा उपलब्ध गराइरहेको छ । नेपालमै पहिलो पटक २०७३ साल पुस १७ गते फोरजी सेवा सुरु गरेको कम्पनीका यी दुईवटा सहरमा गरी अहिलेसम्म आठ लाख फोरजी ग्राहक छन् ।
कम्पनीले हाल आठ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत नयाँ स्थानमा फोरजी विस्तार गरिरहेको हो । दुईवटै ब्यान्डमा रहेको २० मेगाहर्ज फ्रिक्वेन्सीलाई एकीकृत गरी फोरजी सेवा उपलब्ध गराइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।
अर्थात् दुवै ब्यान्डमा फोरजी सेवा प्रयोग गर्न सक्ने सुविधा रहेका मोबाइल प्रयोगकर्ताले यसबाट लाभ लिन सक्ने छन् । फोरजी सेवा विस्तारबाट ग्राहकले भीओएलटीई सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
चाडपर्वमा टेलिकमको बोनस
दशैँलाई लक्षित गरेर टेलिकमले रिचार्जमा ग्राहकलाई बोनस उपलब्ध गराउने भएको छ । कम्पनीले यही असोज १८ गतेदेखि २४ गतेसम्म रिचार्ज कार्ड अथवा एमपोसमार्फत रिचार्ज गर्दा यस्तो सुविधा उपलब्ध गराएको हो ।
रिचार्ज कार्डबाट दुई सय रुपियाँसम्म रिचार्ज गर्दा १० प्रतिशत र पाँच सयदेखि एक हजार रुपियाँसम्म रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।
यस्तो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै नयाँ फोरजी ग्राहकलाई दुई दिनको अवधिसम्म प्रयोग गर्न मिल्ने दुई सय एमबी डेटा बोनसका रूपमा उपलब्ध गराउने भएको छ ।
पोस्टपेड ग्राहकलाई निःशुल्क मिस्ड कल अलर्ट र प्रिपेड ग्राहकलाई छठसम्म सोही किसिमको सुविधा कम्पनीले उपलब्ध गराउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
टेलिकमको टावर सञ्चालनमा आएपछि फोरजी सेवा सञ्चालन
मंसिर १९, २०८१ बुधबार
नेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार