निर्माणाधीन भवनको मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार १६:१:५२
१३ असोज गोरखा । गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ ।
भूकम्पले क्षति पु¥याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।
“ट्रकभित्र मार्बल अनलोड गर्न पसेका बेला एकातिरको सामान निकाल्दै गर्दा अर्कोपट्टिको मार्बल बण्डल झरेर शाहानीको छातीमा लागेको रहेछ”, उनले भने, “मार्बल गह्रौ हुने भएकाले तत्काल नै बढी असर परेर ज्यान गएको हो ।” गाडीबाट भवनमा बिछ्याउने मार्बल झार्ने क्रममा च्यापिएर गम्भीर घाइते शाहानीको उपचारका लागि गोरखा अस्पताल पु¥याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रत्यक्षदर्शी दिनेश नेपालीले जानकारी दिए।
मृतको शव परीक्षण गरी आजै आफन्तलाई बुझाउने प्रहरीले जनाएको छ । २०७२ को बारपाक भूकम्पमा पुरानो भवनमा क्षति पुगेपछि गोरखा नगरपालिका–६ स्थित अदालतको सुविधा सम्पन्न भवन निर्माणाधीन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
दार्चुला जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार