साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएपछि स्थानीयद्धारा सडक ठप्प
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार २०:२३:२९
१३ असोज साँखु । साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै सोमबार साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन् ।
स्थानीयवासीले उक्त सडकमा सवारीसाधन चल्न दिएका छैनन् । लामो समयदेखि साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएको र यात्रुले सास्ती खेप्नु परेको भन्दै दबाब दिन स्थानीयवासीले सडक ठप्प पारेका हुन् ।
वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालिएको हो । चाबहिलबाट साँखु जाने सडक कालोपत्र नगरेका कारण दबाब दिन चक्काजाम गर्नुपरेको समितिका अध्यक्ष मिलन खड्काले बताए ।
सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायत सडकमा खाल्टाखुल्टी तथा हिलो छ । दैनिक हजारौँ उपभोक्ताले सडकका कारण निकै कष्ट भोग्नु परिरहेको स्थानीयवासी पुरुषोत्तम चौलागाईंले बताए। स्थानीयवासी दिलीप श्रेष्ठ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिको पटक पटक ध्यानाकर्षण गराउँदै आएको बताउछन् । सडक निर्माणमा विलम्ब भएको र स्थानीयवासीले खेप्नु परेको दुःखका कारण सडक बन्द गर्नुपरेको उनको भनाइ छ ।
सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा सडक बनाउने योजना ल्याएको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडक निर्माणका लागि बोलपत्र आह्वान गरी त्यही वर्ष असोजमा चार निर्माण कम्पनीलाई ठेक्का दिएको थियो ।
एघार दशमलव ४६ किलोमिटर लामो उक्त सडक विस्तार समयमै नसकेपछि थप एक कम्पनीलाई जिम्मा दिइएको थियो । अहिलेसम्म उक्त सडकखण्ड विस्तार सकिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार