ज्ञानेन्द्र शाही घटनाको अनुसन्धान गर्न समिति गठन
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार २०:२७:२७
१३ असोज चितवन । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको हो । “के, कसरी घटना घट्यो र संलग्न व्यक्तिको पहिचान गर्न समितिले काम गर्नेछ”, मल्लले भने । समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । सोही आधारमा दोषीलाई कारवाही गर्न सहज हुने उनले बताए ।
शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा शाहीले सम्बोधन गर्न लागेको कार्यक्रम बिथोलिएपछि फर्कने क्रममा होटल परिसरमा उनीमाथि आक्रमण भएको थियो । उनी चढेको माइक्रोबसमा आक्रमण भएको हो ।
सो क्रममा घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि सोही दिन काठमाडौँ लगिएको थियो । सो घटनापछि सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी अपशब्दहरु लेखिएको भन्दै महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।
प्रहरी प्रमुख मल्लका अनुसार सो उजुरीपछि खैरहनीका ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्य व्यक्तिको खोजी भइरहेको छ । महानगरको उजुरी साइबर क्राइम ब्यूरोमा पठाइएको र त्यहाँबाट पनि अनुसन्धान थालिएको मल्लले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार