सबै स्थानीय तहमा पुस मसान्तभित्र बैंकिङ सेवा पुग्छ : अर्थमन्त्री खतिवडा
नेपालबहस संवाददाता
असोज १३, २०७६ मंगलबार ०:३५:४७
१३ असोज, काभ्रेपलाञ्चोक । अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबै पुग्ने बताएका छन् ।
पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकिङ सेवा पु¥याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताए ।
उनले भने, “मुलुकका प्रत्येक स्थानीय तहमा बैंकको सेवा पुग्नैपर्छ, अब पुस मसान्तभित्र पु¥याइसक्नेछौँ ।” विसं १९९४ देखि २०७४ सालसम्म मुलुकमा पाँच हजार बैंक शाखा रहेकामा वर्तमान सरकारले नौ हजार ८५० पु¥याएको उनले जानकारी गराए। मन्त्री खतिवडाले बैंक, लद्युवित्त सहकारी, जुनसुकै वित्तीय संस्थालाई मात्रात्मकबाट गुणात्मकतामा लैजानुपर्नेमा जोड दिए ।
“सङ्ख्याको विस्तारलाई रुपान्तरण गरी सरकार जोडबलका साथ वित्तीय संस्था ‘मर्ज’ गर्ने विषयमा लागेको छ”, उनले भने । उनले १० वर्षसम्म सञ्चालन भई १० वटा पनि शाखा विस्तार गर्न नसक्ने बैंकले ग्रामीण भेगका जनतालाई सेवा दिन नसक्ने भएकाले तिनीहरुको औचित्य नभएको बताए ।
मन्त्री खतिवडाले नेपालसँग अब आफैँ वित्तीय सेवा हाक्नसक्ने सामथ्र्य भएको जानकारी गराए । उनले भने, “अब स्थानीय र प्रदेश तहमा वित्तीय सेवा परिचालन गर्न संयन्त्र बनाउने, कानून निर्माण, सङ्घीय संरचना अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, बीमा ऐन र धितोपत्र ऐन संशोधनको प्रक्रियामा छन्, यसपछि वित्तीय प्रणालीमा निकै सुधार हुनेछ ।”
मुलुकमा गरीबीको रेखामुनि रहेका करीब ११ लाख जनसङ्ख्यालाई स्वरोजगारी वा अन्य कुनै ज्याला व्यवसायमा संलग्न गराई अबका तीन वर्षमा शून्य बनाउने गरी सरकार लागेको उनले बताए ।
मन्त्री खतिवडाले ठूलो वित्तीय संस्था गाउँघर पुग्न नसक्दा मध्यम र साना व्यवसायीका लागि लघुवित्तीय संस्थाको अवधारणा ल्याएको स्मरण गराउँदै लघुवित्तीय मुनाफारहीत हुनुपर्नेमा जोड दिए । “लघुवित्तीय संस्थाले सामाजिक व्यवसायमा जोड दिई निश्चित नाफा लिनुपर्छ, अन्य सामाजिक काम ठान्नुपर्छ”, उनले भने ।
उनले सामुदायिक वन ऐनमा सङ्घीय सरकारले साल र खयरलाई समुदाय भन्दा बाहिर बिक्री गर्दा १० प्रतिशत कर लगाउने बोहक अन्य कुनै पनि कर नलगाएको र स्थानीय, प्रदेश तथा सङ्घमा कुनै प्रकारको दोहोरो कर नलगाइएको स्पष्ट पारे ।
पूर्वमन्त्री हरि पराजुली, प्रदेशसभा सदस्य चन्द्र लामा, नपाका उपप्रमुख गीता बञ्जारालगायतले संस्थाको प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा संस्थाका अध्यक्ष बाबुराम थापाले हाल १० जिल्लाका १६ स्थानमा तथा आगामी पाँच वर्षमा ४३ जिल्लामा ६० शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
बजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुनेमा प्रधानमन्त्री विश्वस्त
जेठ १३, २०८१ आइतबार
महिलाहरूको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आए : उपप्रमुख डंगोल
जेठ १३, २०८१ आइतबार
चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थमन्त्रीको अनुमान
जेठ १३, २०८१ आइतबार
मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
काठमाडौंको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने
जेठ १३, २०८१ आइतबार
आगामी आर्थिक वर्षको बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने
जेठ १३, २०८१ आइतबार