बजारको मुल्य र आपूर्ति व्यवस्थापनमा चेम्बरको चासो
नेपालबहस संवाददाता
असोज १३, २०७६ मंगलबार २:३०:२९
१३ असोज, काठमाडौं । अहिले हालको मूल्य वृद्धिका सम्बन्धमा नेपाल चेम्बर अफ कमर्सले आफ्नो भनाइ सार्वजनिक गरेको छ । चार्डवाडको मौका छोपेर व्यापारीहरुले आयातित वस्तुहरुमा कारोबार मूल्यलाई मान्यता नदिइएको भेटिएपछि चम्बरले आज एकक विज्ञप्ती जारी गरेको छ ।
चेम्बरले भनेको छ, आयातित वस्तुहरुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले समेत हाल मूल्य वृद्धि हुनुको कारक तत्व हुन गएको छ तसर्थ कारोबार मुल्यलाई मान्यता दिइनु पर्ने चेम्बरको सुझाब छ । यसबाट मूल्य वृद्धि नियन्त्रण गर्न सघाउ पुग्ने धारणा चेम्वरको रहेको छ । यसका साथै अधिक भसार मुल्याड्ढन, अधिक भंसार दरवन्दी, कृषि जन्य वस्तुहरुको बजार मूल्य श्रृंखलामा बिचौलियाको संलग्नताले थप जटिलता ल्याएकोले सो अन्त्य गरिनु पर्दछ ।
बजार अनुगमन सम्वन्धमा, चेम्बरले सधै चाडपर्बको बेलामा मात्र नभई नियमित प्रक्रियाको रुपमा बजार अनुगमन गर्ने कार्य गर्नुपर्ने पैरवी गर्दैै आइरहेकोमा चाडपर्वमा बिभिन्न निकायहरुबाट बजार अनुगमन गर्ने कार्य हुने र अन्य बेला नियमित नहुने कारणले समेत आपूर्ति व्यवस्थापनमा थप जटिलता ल्याएको छ । हालै बजेट वक्तब्य मार्फत ल्याइएको भिसिटिएस (VCTS) अनिवार्य प्यान नम्बर (PAN Number) लगायत विविध कारणले गर्दा त्यसको नतिजा स्वरुप आपूर्ति कमी हुन गई मूल्यमा वृद्धि हुन गएको देखिन्छ । आम उपभोक्तालाइ प्रत्यक्ष प्रभाव पर्ने नीतिगत व्यवस्था लागू गर्नु पूर्व गहिरो अध्ययन नहुदा मुलुकवासीको सबैभन्दा ठूलो चाड दशैंको अवसरमा आम उपभोक्ताले समस्या व्यहोर्नु परेको छ । बजार अनुगमन कार्य एकद्धार प्रणालीबाट मात्र हुनु पर्दछ ।
ठूला गाडीको निर्वाध प्रवेश सम्बन्धमा, हाल ट्राफिक जामको कारण ६ चक्केभन्दा ठूला ट्रकहरु काठमाण्डौं प्रवेशमा रोक लगाईएबाट दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थामा थप समस्या उत्पन्न भै बजारमा उपभोग्य सामान सर्वसुलभ हुन नसक्ने वस्तुनिष्ठ यथार्थलाई हृदयंगम गरी हालको अवस्थाको गांभीर्यतालाई समेत ध्यान दिई साँझ ६ बजे पछि त्यस्ता ढुवानीका साधनहरुलाई काठमाडाैं प्रवेशमा निर्वाध भित्राउने व्यवस्था हुन जरुरी रहेको अनुरोध चेम्बरको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार