सवा करोड बढीको कफी उत्पादन, किसान कफीखेतीतर्फ आकर्षित
नेपालबहस संवाददाता
असोज १४, २०७६ मंगलबार १५:३८:२९
१४ असोज, चौतारा । सिन्धुपाल्चोकका किसान कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक रोपेपछि ३५/४० वर्षसम्म उत्पादन दिनुका साथै वृद्धवृद्धा र केटाकेटीले समेत दाना टिप्न सक्ने सजिलो खेती भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्लामा रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको छ । उत्पादित कफीमध्ये ‘ए’ ग्रेडको पार्चमेण्ट ग्रिनवीच कफीप्रति प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १०.३ मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमै खपत हुने गरेको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले जानकारी दिए ।
कफीखेतीबाट जिल्लाका किसानले वार्षिक रु ६० हजारदेखि रु एक लाख २५ हजारसम्म आम्दानी गर्न सफल भएपछि खाद्यान्न बालीको तुलनामा यसतर्फ अभिरुचि देखाउन थालेका उनले बताए । कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा केराखेती, फलफूल र खाली जमीनमा अदुवा, खुर्सानी तथा बेसारखेती गर्न सकिने हुँदा अतिरिक्त आम्दानीसमेत गर्न सकिन्छ ।
कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भू–क्षय रोक्नसमेत सघाउ पु¥याउँछ । सन् २००८ मा जिल्ला कफी सहकारी सङ्घ स्थापना भएदेखि यहाँ उत्पादित कफी विदेश निर्यात हुन थालेको हो ।
जिल्लामा १२ स्थानीय तहमध्ये लिसङ्खुपाखर र पाचँपोखरी थाङपाल गाउँपालिकाबाहेक सबैमा कफीखेतीको विस्तार गरिएको छ । यहाँको हावापानीअनुसार सबैभन्दा उत्तम मानिने बोर्न प्रजातिको अराविक कफीको बिरुवा लगाइएको छ । प्राङ्गारिक प्रमाणपत्रका आधारमा १४ देखि १६ मिलीमिटरको कफी विदेश निर्यात हुने गरिएको छ ।
दिनप्रतिदिन कफी पिउने नेपालीको सङ्ख्यामा वृद्धि हुन थालेपछि बाँकी कफी स्वदेशमै खपत हुने गरेको सङ्घका पूर्वअध्यक्ष एवं केन्द्रीय कफी सहकारी सङ्घका उपाध्यक्ष सुदर्शन बोलखेले बताए ।
सिँचाइ र छहारीको कमी भएका केही ठाउँका पुराना बोटमा हाल सेतो गवारा रोग लागेपछि जैविक विधिबाट उपचार भइरहे पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको उनले बताए। कफीका दाना मङ्सिरदेखि चैतसम्म टिप्ने गरिन्छ । जेठसम्म सबै सङ्कलन भएपछि अरु काम गरिन्छ । यस कार्यमा संलग्न महिला र पुरुष ३०/३२ जनाले रोजगारीसमेत पाइका सङ्घले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार