बैंकिङ्क, साक्षरता र आधारभुत प्राथमिक स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
असोज १४, २०७६ मंगलबार १७:५५:७
१४ असोज, काठमाडौं । जनता बैंक र नेपाल रेडक्रस सोसाइटी, कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिका वडा नं. २ र ३ मा तीन दिने बैंकिङ्क साक्षरता तथा आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न भएको छ ।
यहि असोज ११, १२ र १३ गते गरी ३ दीन सम्म संचालित उक्त कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनितिहरु, जनता बैंक पनौती शाखाका कर्मचारीहरु, उक्त क्षेत्रमा रहेका सहकारीका कर्मचारीहरु, विद्यालयका शिक्षकहरु र कुशादेवी क्याम्पसका विद्यार्थीहरु गरी करिव १०० जना वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका थिए ।
त्यसैगरी वडा नं. २ र ३ को दैविप्रकोप जोखिम न्युनीकरण समितिले वडाका भौगोलिक क्षेत्र समेटीने गरी छनौट गरेका २४ जना सहभागीहरुलाई मान्यता प्राप्त प्रशिक्षक द्वारा पाठ्यक्रममा आधारित ३ दिने आधारभुत प्राथमिक तालिम प्रदान गरिएको थियो ।
उक्त तालिम लिएका ब्यक्तिहरुले गाउँमा आइपर्ने कुनै घटनाबाट घाइते हुन पुगेकाहरुलाई प्राथमिक उपचार गरी नजिकको स्वास्थ्य संस्थामा पठाउन सक्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार