पूर्व एमालेको शिकार बने महरा, बलात्कारीको आरोप !
नेपालबहस संवाददाता
असोज १४, २०७६ मंगलबार १७:३२:१५
१४ असोज, काठमाडौं । अन्ततः पूर्व एमालेको षडयन्त्रको शिकार सभामुख कृष्णबहादुर महरा भइ छाडे । लामो समय संसद् सचिवालयकी एक महिलासँग शारीरिक सम्वन्धमा रहेका महरालाई पूर्व एमाले निकटले पदबाट निकाला गर्ने अवस्थामा पु¥याइ दिएका छन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले महरालाई तत्काल राजिनामा गर्न सल्लाह दिएको स्रोतले बताएको छ ।गत आइतवार राति ती महिलाले सभामुख महराले आफूमाथि यौन दुव्र्यबहार गरेको भन्दै प्रहरीलाई खबर गरेपछि यो प्रकरण सार्वजनिक भएको हो ।
सभामुख जस्तो सम्मानित पदमा बसेका महराको यौन प्रकरण एक कान दुई कान मैदान भइसकेको थियो । यसबारे संसद् सचिवालयका कर्मचारीबीच गाईगुई हुन थालिसकेको थियो । यो परिस्थितिको पूर्व एमालेले राम्रैसँग उपयोग गरेको स्रोतको दावी छ ।
गत आइतवार सभामुख महरा तीन कुनेस्थित ती महिलाको डेरामा पुगेपछि विवाद भएको थियो । पूर्व एमाले निकट ती महिलामार्फत महरासँग असन्तुष्ट नेताले बदला लिएका छन् । महिलाले आफूहरुबीचको सम्वन्धको पर्दाफास गर्ने धम्की दिएकी थिइन् । यसक्रममा सभामुख र महिलाबीच सामान्य हात हालाहालको अवस्था उत्पन्न भएको बताइन्छ ।
लगत्तै महिलाले प्रहरीको १०० नं. मा फोन गरी घटनाबारे जानकारी गराइन् । सभामुख महरा भने घटना लगत्तै त्यहाँबाट बाहिरिएका थिए । आइतबार राति महरा ती महिलाकोमा गएको छिमेकीहरुले पुष्टी गरेका छन् । त्यसपछि भने महरामाथि नैतिक दवाव बढेको छ । यो विषयमा नेकपा सचिबालय बैठक बसी सभामुखलाई पदबाट राजीनामा गराई निष्पक्ष छानबीनको बाटो खोल्नु पर्ने सहमति भएको छ । यसबारे महरालाई जानकारी गराइएको स्रोतले बताएको छ ।
संभवत: आज साँझसम्म महराले पदबाट राजीनामा दिने छन् । यो घटनाले कम्युनिष्टहरुको वास्तविक चरित्र समेत उदाङ्गो पारिदिएको छ । बाहिर हेर्दा महरा जतिको भलाद्मी मानिस अरु देखिन्नन् ।
लामो समय अध्यापन पेशामा रहेका महरा ०४८ सालको प्रतिनिधिसभामा समेत सांसद चुनिएका थिए । तर उनको भित्री जीवन भने यति फोहरी रहेको धेरैले कल्पनासमेत गरेका थिएनन् ।
स्रोतका अनुसार ती महिलासँग महराको सम्वन्ध सभामुख हुनुअघि बाटै थियो । सहमतिमा भएको यो सम्वन्ध त्यति बेला मात्र सार्वजनिक भयो , जतिखेर महिलालाई पूर्व एमाले नेताले प्रभावमा पार्न सफल भए । यो घटनाले महराको राजनीतिक जीवन अब लगभग किनारा लाग्ने अवस्थामा पु¥याइ दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार