दशैँको लागि १४ हजार खसीबोका, राँगा र कुखुरा काठमाडौं ल्याइए
नेपालबहस संवाददाता
असोज १४, २०७६ मंगलबार २०:५:१४
१४ असोज, काठमाडौं । यस वर्षको दसैंका लागि १४ सयभन्दा बढी राँगा, खसीबोका, कुखुरा तथा माछा काठमाडौं ल्याइएको छ । पशु क्वारेन्टाइन काठमाडौं चेकपोष्टले दिएको जानकारी अनुसार सोमबारसम्ममा मासुका लागि यो संख्यामा चौपाया काठमाडौं ल्याइएको हो ।
दसैंको लागि २५ गाडीमा ६ सय २५ वटा राँगा तथा भैसी, ८ गाडीमा १ हजार ८१ वटा खसीबोका, २६ वटा गाडीमा ११ हजार ३ सय ७५ वटा कुखुरा, ८ वटा गाडीमा ९ हजार ८ सय १५ किलो माछा, १९ वटा गाडीमा ३ हजार ४० वटा अण्डा, ५ सय वटा हाँस, २ सय ५० लौकाट र ६ सय ७० च्याङ्ग्रा गरेर कुल ९४ वटा गाडीमा १४ हजार ५०१ चौपाया काठमाडौं ल्याइएको हो ।
बाँके, बारा, नवलपरासी, नेपालगंज, रौतहटबाट राँगाभैसी, दाङ, पाल्पा, धादिङ, कैलाली, नवलपरासी र चितवनबाट खसीबोका आयात गरिएको छ भने चितवन, नवलपरासी, कैलाली, धादिङ र नुवाकोटबाट कुखुरा, चितवन र कपिलवस्तुबाट माछा आयात गरिएको छ ।
त्यसैगरी, चितवन, पोखरा, धादिङबाट अण्डा, चितबाटै हाँस र लौकाट आयात गरिएको छ भने च्याङ्ग्रा मुस्ताङ र सुर्खेतबाट आयात गरिएको हो । पशु क्वारेन्टाइन कार्यालय काठमाडौका अनुसार आयात भएका १४ हजार ५०१ चौपायामध्ये कुनैमा पनि कैफियत भेटिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार