उम्कनै नसक्ने गरि परे महरा एमालेको माकुरी जालैमा
नेपालबहस संवाददाता
असोज १५, २०७६ बुधबार २०:९:५८
१५ असोज,काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफूलाई आइतवार राति जवर्जस्ती रक्सी पिलाएर बलात्कार गरेको भन्दै मिडिया गुहार्न पुगेकी संसद सचिवालयकी एक महिला कर्मचारीको बोली एकाएक फेरिएको छ । पीडित भनिएकी ती महिलाको आरोपको रापले महराको सभामुख पद तत्कालै खुस्कियो ।
यसमा पूर्व एमाले पक्षधर नेताहरुको ठूलै जोडबल रहेको महराले पनि राम्रैसँग भेउ पाएको बुझिन्छ । साथै प्रचण्ड गुट कै नेता जर्नादन शर्मा ‘प्रभाकर’ पनि महराबिरुद्धको अभियानमा सामेल भएको चर्चा राजनीतिक वृत्तमा गरिदैछ । यद्दपि महरा पनि प्रचण्डका खास भित्रिया मध्य मै पर्ने उच्च नेता हुन् । पूर्व एमालेहरु महरालाई सभामुख मात्र नभई सांसद पदबाटै अपदस्थ गर्न हौसिएका छन् । यस अभियानमा प्रभाकरको पनि साथ पूर्व एमाले नेताहरुलाई मिलेको लख काटिदैछ ।
त्यसले महराको चार दशकको राजनीतिक जीवन नै ध्वस्त हुने बुझेपछि महराले आफ्नो शक्ति र रवाफको दुरुपयोग गर्ने रणनीति बनाएको बुझिन्छ । त्यसैको परिणम हो – पीडित भनिएकी महिलाको बोली फेरिएको छ । महराका निकट भनिएका ती महिलाका श्रीमान हिजै तनहुँबाट राजधानी आई पुगेपछि घटनाले नयाँ मोड लिएको छ ।
बलात्कारको शिकार भएको भनिएकी ती महिला कर्मचारीले हिजो संचारमाध्यमसँग सम्पर्क गरी आफू डिप्रेसनको रोगी भएकाले आक्रोशमा आएर नभएको आरोप लगाएको भन्दै पूर्व आरोपको खण्डन गरेकी छन् । तर बलात्कार भएको भनिएकै साँझ उनले प्रहरीलाई फोन गरी बोलाएको र प्रहरीले घटनास्थलको मुचुल्का उठाएकाले पछिल्लो बोली दवावमा आएको प्रष्ट हुन्छ ।
विगत केही समय यता ती महिला सरकारी संयन्त्रसँग बिच्किएको बुझिन्छ । उनको फेसबुक स्टाटसले त्यही संकेत गरेको छ । उनको फेसबुक अकाउन्टमा हेर्ने हो भने ओली सरकारका कमी कमजोरीमाथि चोटिलो प्रहार भएका धेरै सामग्री शेयर भएको फेला पार्न सकिन्छ । त्यति मात्र होइन , घटना लगत्तै उनले यसबारे पूर्व सभामुख एवं नेकपा नेतृ ओनसरी घर्ती, पम्फा भूषाललगायत कांग्रेस नेतृ उमा रेग्मीलाई फोनमार्फत जानकारी गराएकी थिइन् ।
जाजरकोट स्थायी ठेगाना एवं ठकुरी खानदानकी ती महिला लामो समयदेखि महरासँग निकट रहेको स्रोतको दावी छ । हिजोसम्म सबै ठीक ठाक थियो , अचानक यस्तो अवस्था आएको देख्दा अचम्म लागेको छ – महरा निकट स्रोतले बताएको छ । स्रोत भन्छ – “विवादको कारण पैसाको लेनदेन नै हुनुपर्छ । महरा सरले ती महिलालाई दुई वर्ष अघि नै राजधानीमा घर किनी दिने बचन दिंदै यौन शोषण गर्दै आउनु भएको गाइँगुई संसद सचिवालय लगायत सबैतिर सुनिएको हो ।”
घटना भएको दिन पनि दुबैबीच यही विषयमा विवाद भएको बुझिन्छ । “सल्लाह गरेर नै महरा सर ती महिला कहाँ जानु भएको हो , तर एकैछिनमा नसोचेको परिणाम आयो” – निकट स्रोत भन्छ । महराले यसपाली दशैं अगावै ती महिलालाई एउट घर किनी दिने वचन दिएकोमा एक्कासी पछि हट्दा यस्तो दुष्परिणाम आएको बुझाई स्रोतको रहेको छ ।
विगत केही समय यता ती महिला सरकारी संयन्त्रसँग बिच्किएको बुझिन्छ । उनको फेसबुक स्टाटसले त्यही संकेत गरेको छ । उनको फेसबुक अकाउन्टमा हेर्ने हो भने ओली सरकारका कमी कमजोरीमाथि चोटिलो प्रहार भएका धेरै सामग्री शेयर भएको फेला पार्न सकिन्छ । त्यति मात्र होइन , घटना लगत्तै उनले यसबारे पूर्व सभामुख एवं नेकपा नेतृ ओनसरी घर्ती, पम्फा भूषाललगायत कांग्रेस नेतृ उमा रेग्मीलाई फोनमार्फत जानकारी गराएकी थिइन् ।
जसरी भएपनि महरालाई पदमुक्त गरेर नेकपाकै उपनेता सुभाषचन्द्र नेम्वाङलाई सभामुख बनाउने ओलीको चाहना अहिले आएर पूरा हुने संभावना देखिन्छ । यस आशंकालाई बल पुग्ने गरि ती महिलाले फेसबुक बालमार्फत पनि नेम्बाङको षडयन्त्र भएको भन्दै आरोप लगाएकी छिन् । यद्यपि यसबारे कानूनी झण्झट थुप्रै रहेका छन् ।
सो कुराको पुष्टी उनले भोलिपल्ट हाम्रो कुरा डटकमसँग गरेको लामो भिडियो वार्ताले गरेको छ । वार्ताको क्रममा उनले आफूलाई महराले जवर्जस्ती गरेको घरबेटीले थाहा पाएपछि प्रहरीलाई खबर गरिदिएको जानकारी महराका कान्छा छोरा राहुललाई एसएमएसमार्फत गराएकोे मोबाइलमा देखाएकी छन् । झगडा गरेर फर्केका महरालाई बाँकी नराख्ने आशयले उनले नेतृहरुलाई जानकारी गराएकी थिइन् ।
त्यत्रो घटना भईसक्दा समेत महराले राति १० बजे ती महिलालाई पुन मेसेज गरेर हाई लेखेर पठाएको उनको मोबाइलमा सुरक्षित छ । भोलिपल्ट बिहान पुनः भाइबरमा महराले ती महिलालाई हिजोको घटना बिर्सिन र माफ गर्न आग्रह गर्दै एसएमएस गरेका थिए । तर त्यतिबेरसम्म धेरै ढिला भइसकेको थियो । घटना सबैतिर डंढेलो जस्तै सल्किसकेको थियो ।
यसबारे मिडियाले सार्वजनिक गरेपछि पूर्व एमालेको शिकार बने महरा । जसरी भएपनि महरालाई पदमुक्त गरेर नेकपाकै उपनेता सुभाषचन्द्र नेम्वाङलाई सभामुख बनाउने ओलीको चाहना अहिले आएर पूरा हुने संभावना देखिन्छ । यस आशंकालाई बल पुग्ने गरि ती महिलाले फेसबुक बालमार्फत पनि नेम्बाङको षडयन्त्र भएको भन्दै आरोप लगाएकी छिन् ।
यद्यपि यसबारे कानूनी झण्झट थुप्रै रहेका छन् ।
एउटै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने संवैधानिक व्यवस्था नै अहिले नेम्वाङका लागि तगारो बन्ने अवस्था छ । त्यस्तै सभामुख र उपसभामुख मध्ये एउटा महिला हुनैपर्ने संवैधानिक व्यवस्थाले पनि अर्काे समस्या थपिएको छ । तर जे भएपनि महराबाट भने ओलीले मुक्ति पाएका छन् ।
घटना एकाएक अर्कैतिर मोडिएको अनुभव हुनासाथ पूर्व एमालेहरु पुनः प्रहरीलाई दवाव दिएर महराको राजनीतिक भविष्य नै ध्वस्त पार्न उद्दत् छन् । पीडित महिलाका तर्फबाट औपचारिक रुपमा कुनै जाहेरी नपरेकाले प्रहरी कसरी अघि बढ्ने भनेर अल्मलिएको थियो ।
तर प्रधानमन्त्री ओलीले प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाललाई छानविन अघि बढाउन निर्देश दिएपछि प्रहरी सक्रिय भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार जाहेरी नपरेपनि सार्वजनिक चासोका विषयमा प्रहरीले अनुुसन्धान अघि बढाउने गरेको छ । यसमा पनि आवश्यकता अनुसार अनुसन्धान भइरहेको जानकारी सुवेदीले दिए ।
महराले ती पीडित भनिएकी महिलाका श्रीमान् मार्फत माग पूरा गर्ने आश्वासन पाएपछि स्वर फेरिएको आरोप पूर्व एमाले वृत्तबाट लगाउन थालिएको छ । ओली निकट एकजना पूर्व एमाले नेताले भने – “महराले बानेश्वर एरियामै तीन करोड रुपैयाँ खर्चेर एउटा घर किन्ने प्रत्याभूति दिएपछि घटना अर्कैतिर मोडिएको छ ।”
पीडित महिलाले हिजो नागरिक खबर डटकम भन्ने अर्काे अनलाइन पत्रिकालाई अन्तर्वार्ता दिंदै आफू डिप्रेसनको औषधी खाइरहने भएकाले कहिलकाहीं के गरें वा भनें भन्ने नै थाहा नहुने गरेको प्रतिक्रिया दिएकी छन् । साथै उनले महरा आफ्नो बुवा जस्तो भएकाले उनीबाट बलात्कृत हुने भन्ने कुरा कल्पनासमेत गर्न नसकिने बताएकी छन् ।
जे भएपनि उनको पछिल्लो प्रतिक्रिया कुनै दवावकै कारण भएको बुझ्न कठिन छैन । साथै पूर्व एमाले पक्षधर मात्र होइन पूर्व माओवादी कै कतिपय नेताहरु समेत यो मुद्धामा महराको राजनीतिक जीवन सदाका लागि अन्त गर्ने एक सूत्रीय अभियानमा रहेकाले महराको एक्लो प्रयासले धेरै काम गर्ने अवस्था देखिंदैन ।
र याे पनि…...शिक्षणदेखि यौन दुराचारसम्मको यात्रा
सम्माननीय सभामुख महरामाथि नै बलात्कारको आरोप, प्रहरी छानविनमा अनिच्छुक !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार