एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते
नेपालबहस संवाददाता
असोज १५, २०७६ बुधबार २०:२७:५०
१५ असोज. जलेश्वर । महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ ।जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो ।
महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ ।
कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले बताए । उनका अनुसार मङ्गलबार दिउँसो करीब ३ बजेदेखि राति ७÷८ बजेसम्म कुकुरले टोकेका व्यक्ति आउन थालेपछि जिल्ला अस्पतालमा कुकुरले टोकेपछि लगाउने सुई एआरभी र इम्युनोग्लोबलिन उपलब्ध नभएका कारण उनीहरूलाई जनकपुर अस्पतालमा रिफर गरिएको हो ।
डा ठाकुरले शुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामा घाइते भएकाहरू आए पनि साँझदेखि महोत्तरीको विभिन्न स्थानबाट उपचार गराउन आइरहेका हुन् । बौलाहा कुकुरले सुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामै २० जनाभन्दा बढी व्यक्तिलाई टोकेको थियो ।
एकैदिन ५० जनाभन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएका बौलाहा कुकुरलाई गोली हानी मार्नका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट २० जना प्रहरीको टोली खटाइसकिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
३२ खसीबोका नियन्त्रणमा
महोत्तरीमा दशैँका लागि भन्सार छली भारतबाट अवैधरुपमा तस्करी गरी नेपाल ल्याएको ३२ वटा खसीबोका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरी जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ हेक्वा जलसागरले जलेश्वर नगरपालिका–५ स्थित नेपाल भारत सीमा नजिकैबाट तस्करी गरी ल्याइएका ३२ वटा खसीबोका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए ।
उनका अनुसार गएराति वनको बाटो हुँदै भारतबाट नेपाल भित्र्याइएको ती खसीबोकालाई सीमा गस्तीमा खटेका सशस्त्र प्रहरी टोलीले देखेपछि उनीहरु ती खसीबोका छाडेर भागेपछि सशस्त्र प्रहरी टोलीले ती खसीबोका नियन्त्रणमा लिएको हो ।
सीमा नजिकैबाट नियन्त्रणमा लिइएका खसीबोका सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवारामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार