नजिकिँदो चाडपर्वमा सुरक्षा चुस्त पार्न आइजीपी खनालको निर्देशन
नेपालबहस संवाददाता
असोज १५, २०७६ बिहिबार ५:१४:२५
१५ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदो चाडपर्व र चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा चुस्त पार्न निर्देशन दिएका छन् ।
आज मातहतका प्रहरी कर्मचारीलाई बोलाएर उनले प्रहरीको साख माथि उठाउने यो महत्वपूर्ण अवसर भएको भन्दै सुरक्षामा कुनै कसर बाँकी नराख्नसमेत निर्देशन दिएका छन् ।
बैठकमा महानगरीय प्रहरी कार्यालय परिसर, ट्राफिक प्रहरी महाशाखा, अपराध महाशाखा, वृत्त, प्रभागका प्रमुखसहितका प्रहरी कर्मचारीको सहभागिता थियो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले चाडबाडलगायत शान्तिसुरक्षालाई चुस्त बनाउने विषयसँगै प्रहरी दिवस आउन लागेकाले सोही विषयबारे आजको बैठकमा छलफल भएको जानकारी दिए।
अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले चिनियाँ राष्ट्रपतिको भ्रमणको सुरक्षामा अन्य देशका राष्ट्र प्रमुखको जस्तै उच्चस्तरको सुरक्षा प्रबन्ध गरिएको र सबै सुरक्षा निकायको समन्वयमा नै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको राससलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० जना बेपत्ता
असोज १२, २०८१ शनिबार
लगातार वर्षा हुँदा माथिल्लो मनाङमा हिमपात, जनजीवन प्रभावित
असोज १२, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक
असोज १२, २०८१ शनिबार