विकास र प्रविधिमा नयाँ युग प्रारम्भ : प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
असोज १५, २०७६ बिहिबार ५:२८:५९
१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले मोबाइलमा उच्च गतिको फोरजी सेवा शुरु गरेसँगै मुलुकको विकास र प्रविधिका क्षेत्रमा नयाँ युग प्रारम्भ भएको बताए ।
सो सेवा शुभारम्म समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नयाँ अभियानका साथ विकासको नयाँ गतिमा अघि बढिरहेको सन्दर्भमा पूँजी र प्रविधिको हस्तान्तरणबाट मानिसको जीवनमा रुपान्तरण गराउन आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले आगामी सन् २०२० मा २० लाख पर्यटक ल्याउन आयोजना गरिने नेपाल भ्रमण वर्षको पूर्वाधारका लागि पनि सूचना र प्रविधिको विकासले योगदान गर्ने विश्वास व्यक्त गरे ।
मुलुकमा शुरु भएको अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाइ गर्न नहुने र ढिलाइ गर्ने ठेकेदारसँग काम फिर्ता लिएर नयाँ ढङ्गले जानुपर्ने भएपनि अघि बढ्न उनले निर्देशन दिए । उनले भने, “राष्ट्रको विकासलाई बाधा र अवरोधको काम स्वीकार्य हुन सक्दैन, काम समयमा पूरा नभएमा ठेक्का फिर्ता लिनुस् र गुणस्तरीय काम नभएर लापर्वाही भएमा कारवाही गर्नुस्, सेवाग्राहीलाई सेवा दिएर देशको समृद्धिमा लाग्नुस् ।”
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जहाँ जनता जान्छन्, त्यहाँ टेलिकमको सेवा पुग्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाइएको बताउँदै फोरजी सेवा विस्तार हुनुले यस क्षेत्रमा टेलिकम प्रतिस्पर्धीभन्दा अगाडि रहेको पुनःपुष्टि भएको जनाए ।
उनले भने, “यो सेवा र टेलिकम मुलुकको विकासको मेरुदण्ड हुनसक्छ । यसले खाली नाफाका लागि मात्रै काम गर्दैन । यो जनताको नासो हो ।”
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले वर्तमान सरकारले काम गरेन भन्नेका लागि फोरजी सेवा गतिलो जवाफ हुन सक्ने बताए । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हाल ३२ जिल्लाका ५० शहरमा पुगेको यो सेवा क्रमशः मुलुकभर विस्तार हुने जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार