ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ अमेरिकाको सान फ्रान्सिस्कोमा हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज १६, २०७६ बिहिबार १९:१४:०
![](https://nepalbahas.prixacdn.net/media/albums/70765650_10157585210797354_1075991789862649856_o_Yg2kolbojB.jpg)
१६ असोज काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ हुने भएको छ ।
चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएकोछ । यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र Golden State Movie Maker LLC, USA रहेका छन् त्यस्तै सहआयोजकहरुमा भने डडद्धड 8848 Media House LLC र Himalayan Foundation Corp रहेका छन् ।
बिगत ३ संस्करण सम्म Global Nepali film Award LLC , USA र Nepal Film Society, Nepalआयोजकभै यो अवार्ड गरिदै आएको थियो भने यस बर्ष देखि Golden State Movie Maker LLC, USA ले पनि आयोजक बन्दै सहकार्य अगाडी बढाएको छ ।
नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थाका अधक्ष्य नबराज श्रेष्ठले बताएका छन् । विगत ३ वर्षमा तेस्रो संस्करण संयुक्त राज्य अमेरिकामा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।
नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्रियाउने अवार्डका उद्देश्य रहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले अबगत गराएका छन् ।
अवार्डको तयारि तिब्र रुपमा भईरहेको नेपालका कार्यक्रम संयोजक मदु कुमार श्रेष्ठले जानकारी गराएका छन् भने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र कलाकार संयोजकमा श्याम भट्टराई रहेका छन् ।
नेपाली फिल्म ईण्डस्ट्रिजलाइ विश्व बजार सम्म फैलाउने मुख्य उदेश्यको साथ आयोजना गर्दै आएको यस कार्यक्रमको यो संस्करण झन् व्यापक र बृहत हुने आयोजकको दाबि रहेको छ । अवार्ड सम्बधि अन्तिम निर्णयको अधिकार नेपाल फिल्म सोसाइटी अन्तर्गतको जुरी टिमलाइ रहने छ भने अमेरिकामा रहने कलाकारहरु संगको समन्वयको जिम्मेवारी Global Nepali film Award LLC , USA र 8848 Media House LLC कम्पनीलाइ रहनेछ ।
कार्यक्रम स्थानिय व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी भने Golden State Movie Maker LLC, USA लाइ दिइएको छ । कार्यक्रम निर्माणको सम्पूर्ण जिम्मेवारी नारायण पुरी, राजु बजाज र एस बाबु सन्दिपलाइ आयोजक तिनै वटा संस्थाको तर्फ बाट प्रदान गरिएको छ ।
कार्यक्रमको मुख्य सो यानिकी ‘अवार्ड सो’ नोबेम्बेर ३० को दिन साँझ ६ बजे देखि बर्कलि को यु सी थिएटरमा हुनेछ । येसरी यु सी थिएटरमा कुनै नेपाली कार्यक्रम हुन लागेको यो पहिलो पटक हो जहाँ अमेरिकाका ख्याती प्राप्त कलाकारहरु आएर प्रस्तुति दिने गर्दछन ।
त्यस्तै कार्यक्रमको भोलि पल्ट बिहानै भिजिट नेपाल २०२० लाइ प्रमोसन गर्ने उदेश्यले कलाकार सहितको सहभागितामा बर्कलि सिटिको मुख्य सडकनै बन्द गरि नेपाल डे परेड मनाइने र उक्त कार्यक्रमको आयोजक यस कार्यक्रमको सहआयोजक मध्यको एक हिमालयन फाउन्डेसन भएको हुनाले उक्त नेपाल डे परेड कार्यक्रम संग पनि सहकार्य गरिने छ । साथै सोहि दिन साँझ सान फ्रान्सिस्को बे मा कलाकार हरु सहितको भब्य क्रुज पाटि समेत गरिनेछ । जसमा सहभागी हुने हरुले प्रत्यक्ष्य कलाकारहरुलाई भेट्न समेत पाउनु हुनेछ ।
कार्यक्रममा नेपाली फिल्म छेत्रका स्थापित, नबोदित लगाएत अति लोकप्रिय कलाकारहरुको समेत उपस्थिति रहनेछ , त्यसका साथै अवार्ड शोको बीच बीचमा नेपाली स्थापित कलाकारहरुको समेत प्रस्तुति रहने जानकारी गोल्डेन स्टेट मुभी मेकर एल एल सीका अध्यक्ष यज्ञ लाल श्रेष्ठले जानकारी गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार