जापानका स्थापित व्यवसायी महेशकुमार श्रेष्ठद्धारा एनआरएन आईसीसीको कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा

नेपालबहस संवाददाता
असोज १६, २०७६ शुक्रबार २:३८:३७

१६ असोज,काठमाडौं । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको अर्को महिना काठमाडौंमा हुन गईरहेको छ । नवौं महाधिवेशनबाट गठन हुने आगामी कार्यकालका लागि नयाँ कार्यकारी समितिको बिभिन्न पदमा रहेर जिम्मेवारी लिन चाहने आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।
प्रारम्भिक चरणमा सामाजिक सञ्जाल तथा अनलाईन सञ्चारमाध्याममार्फत आफ्नो उम्मेदवारीलाई सार्वजनिकीकरण गर्दै पब्लिकको जनमत बुझ्ने पहिलो कडिकारुपमा आफुलाई अगाडि सार्दै आएको भएतापनि आधिकारिक उम्मेदवारी दर्ता गर्ने बेलासम्म सहमतिका प्रयास तथा आफ्नो उम्मेदवारी बारे पुनःविचार गर्नेहरुका लागि अझै समय बाँकी छ । यसैबीच जापानका पुराना तथा स्थापित व्यवसायी महेशकुमार श्रेष्ठले एनआरएन आईसीसीको कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्दै आफुलाई सहयोग र समर्थन गर्न अपिल गरेका छन् ।
आफु लामो समयदेखि कुनै न कुनै जिम्मेवारीमा रहेर एनआरएन अभियानमा जोडिदैं आएको र आफ्नो सीप, अनुभव, क्षमता र योग्यतालाई अभियानमार्फत उपयोग गर्दै मुलुकको समृद्धिमा योगदान दिन चाहेको उनको भनाई छ । रेमिट्यान्स, रेष्टुरेन्ट, हाइड्रो, बैकिङ, आधुनिक कृषि, ट्राभल्स, आईटी, इन्स्योरेन्स, आयात–निर्यात, भौतिक पूर्वाधार लगायतका व्यवसायिक क्षेत्रमा संलग्न रही मुलुकमा लगानी भित्र्याउने कार्यमा उदाहरण बन्दै आएका श्रेष्ठले वित्तिय क्षेत्र आफ्नो अध्ययन र रुचीको क्षेत्र भएकोले यस क्षेत्रमा हाँसिल गरेको अनुभवलाई सोही अनुसारको जिम्मेवारीमा रहेर भूमिका निर्बाह गर्न चाहेको कोषाध्यक्षका उम्मेदवार श्रेष्ठले नेपालबहसलाई बताए ।
एक विज्ञप्तीमार्फत श्रेष्ठले एनआरएन अभियानमा कोषाध्यक्षको दावी गर्दै गैर आवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जबाफदेहितालाई मुख्य मुद्दाका रुपमा अगाडि सारेका छन् । हाल एनआरएनए आईसीसी सदस्य रहेका श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ – यही अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गैरहेको गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनबाट निर्वाचित हुने आगामी कायसमितिका कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासहित देहायअनुसार आफ्नो भनाई राख्ने अनुमति माग्दै यहाँहरुको अमूल्य सुझाव र सहयोगको अपेक्षा गरेको छु ।
‘गैर आवासीय श्रमिक कल्याण कोष’ को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड जम्मा गर्दै जाने ठोस योजनासहित ’मितव्ययिता र पारदर्शिता, आजको आवश्यकता’ भन्ने मूल नारा लिएर गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्व (Financial Sustainability ) लाई जोड दिदै संघको नवौं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु ।
विज्ञप्तीमा अगाडि भनिएको छ – विगत १४ वर्ष अघि देखिनै गैरआवासीय नेपाली संघको विभिन्न निकायको जिम्मेवारीमा रही काम गरिसकेको एनआरएनएको एक जिम्मेवार सदस्यको नाताले यस संघलाई आर्थिक रुपमा दिगो, पारदर्शी, उत्तरदायीपूर्ण एवं सम्पुर्ण गैर आवासीय नेपालीहरुको साझा संगठनको रुपमा विकास गर्दै संघको अभियानलाई थप अगाडि बढाउन नेतृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने पूर्ण विश्वास लिएको छु । विगत लामो समयदेखि आर्थिक तथा वित्तिय क्षेत्रमा काम गरेको मेरो अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने कोषाध्यक्ष पद नै उपयुक्त भएकोले यस गरिमामय पदका लागि आफु योग्य भएको ठानी देहाय वमोजिमका १० बुँदे प्रतिबद्धताहरु सहित आफ्नो उमेदवारी घोषणा गर्दै पुनः यहाँहरुको अमूल्य सुझाव र सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।
यस्ता छन् कोषाध्यक्षका उम्मेदवार श्रेष्ठका प्रतिबद्धताहरु :-
NRNA ICC को कोषाध्यक्ष पदका लागि मेरो प्रतिबद्धता पत्र ( घोषणा पत्र) :-
आदरणीय गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
नमस्कार !
यही अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गैरहेको गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनमा भाग लिन विश्वका विभिन्न देशबाट काठमाडौं आउनु हुने प्रतिनिधिहरुलाई हार्दिक स्वागत गर्दै एनआरएनए आईसीसीको कोषाध्यक्ष पदका लागि मेरो देहायअनुसारका १० बुँदे प्रतिवद्धतापत्र सार्बजनिक गर्न चाहान्छु ।
१. वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरी गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने छु । (उक्त कोषको स्थापना तथा सञ्चालनका लागि सबन्धित पक्षहरुसँग छलफल अगाडी बढाई सकिएको छ)
२. गैर आवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राखिने छ । आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गरिनेछ । संघको अनुमातिक वार्षिक आय–व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइट मार्फत सार्वजनिक गरिने छ ।

३. संघको काठमाडौंस्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाइने छ, साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्ने छु ।
४. गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अनुशासन कायम गरिने छ ।
५. सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिने छ ।
६. रु. १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्नसक्ने वातावरण तयार गरिने छ ।
७. खेलकुद अनि नेपाली भाषा, साहित्य र कला, संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिने छ । युवा, महिला तथा दोस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको समस्या, चुनौती र अवसरका बारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गरिने छ ।
८. भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुपमा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचनामा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
९. संघका मुख्य आधार स्तम्भहरु NRNA Foundation, Policy Institute, Knowledge and Skill Academy, Businesses and Investment Forum, Migration & Foreign Workers Welfare committee, Women and Youth Forum लाई मुख्य आधार बनाएर संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गरिने छ ।
१०. नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुका लागि गरेको व्यवस्थाको विरोधमा म सदैव लडिरहेको छु । संविधानको यसै धाराबिरुद्ध मैले सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा तपाई सबैलाई अवगत नै होला । म गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ रहिरहने छु । त्यसैगरी विदेशमा रहनुहुने नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि बुलन्द आवाज उठाईरहने छु ।
मेरा माथि लेखिएका प्रतिबद्धताहरू कार्यान्वयन गरी गैरआवासीय नेपाली संघलाई आर्थिक रुपमा दिगो, पारदर्शी, उत्तरदायीपूर्ण एवं साझा संगठनको रुपमा विकास गर्दै जाने मेरो योजनालाई साकार पार्न कोषाध्यक्ष पदमा आफ्नो अमूल्य मत दिई सहयोग गरिदिनु हुन सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु ।
“गैर आवासीय श्रमिक कल्याण कोष”को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड जम्मा गर्दै जाने ठोस योजनासहित ’आजको आवश्यकता, मितव्ययिता र पारदर्शिता’ भन्ने मूल नारा लिएर गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्व (Financial Sustainability ) लाई जोड दिदै संघको नवौं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।
विगत १४ वर्ष अघिदेखि नै गैरआवासीय नेपाली संघको विभिन्न निकायहरुमा रहि काम गरिसकेको एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यस संघलाई आर्थिक रुपमा दिगो, पारदर्शी, उत्तरदायीपूर्ण एवं सम्पूर्ण गैर आवासीय नेपालीहरुको साझा संगठनको रुपमा विकास गर्दै संघको अभियानलाई थप अगाडि बढाउन नेतृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने पूर्ण विश्वास लिएको छु ।
NRNA मा मेरो योगदान :-
विगत १४ वर्ष अघिदेखि म गैरआवासीय नेपाली संघको विभिन्न निकायहरुमा रहि लगातार सक्रिय रुपमा काम गरिरहेको छु । हालसम्ममा गैरआवासीय नेपाली संघमा मेरो आबद्धता यस प्रकार रहेको छ ।
♦केन्द्रीय सदस्य NRNA ICC -2017-2019
♦संयोजक : नेपालको संविधानमा एनआरएनका अधिकार सम्बन्धी समिति (२०१७/१९)
♦क्षेत्रीय संयोजक : एनआरएनएको विधान संसोधन तथा नियमावली निर्माण सुझाव समिति (२०१७/१९)
♦सदस्य : एनआरएनएको विधान संशोधन तथा निमावली निर्माण सुझाव समिति (२००७/२००९), (२०१३/२०१७)
♦सहसंयोजक : व्यापार तथा लगानी प्रबर्धन समिति (२०१७/१९)
♦सदस्य : व्यापार तथा लगानी प्रवर्धन समिति (२०१३/२०१५/२०१७)
♦सदस्य : वैदेशिक लगानी समन्वय तथा अनुगमन समिति, नेपाल सरकार (२०१७/१८)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
फागुन ८, २०८१ बिहिबार
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
फागुन ७, २०८१ बुधबार
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, सशस्त्र प्रहरी विधेयक छलफलका लागि प्रस्तुत गरिने
फागुन १२, २०८१ सोमबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन १२, २०८१ सोमबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
देशका विभिन्न भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
फागुन १२, २०८१ सोमबार
रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै
फागुन १२, २०८१ सोमबार
प्रतिनिधिसभा बैठक बस्दै, सशस्त्र प्रहरी विधेयक छलफलका लागि प्रस्तुत गरिने
फागुन १२, २०८१ सोमबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन १२, २०८१ सोमबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
देशका विभिन्न भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
फागुन १२, २०८१ सोमबार
रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै
फागुन १२, २०८१ सोमबार
प्रतिनिधिसभा बैठक बस्दै, सशस्त्र प्रहरी विधेयक छलफलका लागि प्रस्तुत गरिने
फागुन १२, २०८१ सोमबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन १२, २०८१ सोमबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार