कुमारी बैंकका ७ शाखाहरूको एकैदिन उद्घाटन, बैंकिङ क्षेत्रमा मोवाईल प्रविधिबाट विद्युुतीय ई–उद्घाटनको नविन शैली
नेपालबहस संवाददाता
असोज १७, २०७६ शुक्रबार १५:३२:३७
१६ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडाैं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना सात नयाँ शाखाहरूको एकैदिन उद्घाटन गरेको छ ।
बैंकले दिएको जानकारी अनुसार काठमाडाैंस्थित नयाँ वानेश्वर शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप ज. ब. राणा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालले संयुक्त रूपमा सम्पन्न गरेका छन् भने कीर्तिपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेशप्रसाद पोखरेल र कीर्तिपुर नगरपालिका ९ का वडाअध्यक्ष गंगाराम महर्जनद्वारा सम्पन्न भएको छ । साथै, काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवाली तथा बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले संयुक्त रूपमा गरेका छन् ।
बैंकले उपत्यकाबाहिर भने नवलपरासीस्थित गैंडाकोट, बारास्थित जितपुर, चितवनस्थित पुरानो पर्सा, पर्सास्थित सिर्सियामा गरी कूल ४ शाखाहरूको औपचारिक उद्घाटन पनि साही दिन सम्पन्न गरेको छ । उपत्यका बाहिरका शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउ‘बाट भएतापनि मोवाईल प्रविधिबाट विद्युुतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समिति, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ ।
उक्त उन्नत प्रविधिमार्फत सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रकै लागि नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण भएको बैंकले दावी गरेको छ । जसपश्चात, कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शिएको छ ।
विगत १८ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १०७ शाखा संजाल, ९३ एटीएम, ८ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा ३ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पु¥याउँदै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार