स्याङ्जाका शिक्षिकालाई एड्भान्स तालिम
नेपालबहस संवाददाता
असोज १७, २०७६ शुक्रबार १९:२१:२६
१७ असोज, स्याङ्जा । शिक्षाको गुणस्तर अभिबृद्धि गर्न स्याङ्जाका शिक्षिकाहरुलाई एड्भान्स तालिम दिइएको छ ।नेपाल शिक्षक संघ स्याङ्जाको महिला विभागले जिल्लामा कार्यरत शिक्षिकाहरुलाई नेपालीहरुको चाडपर्वको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सो तालिम प्रदान गरिएको हो ।
शैक्षिक क्षेत्रलाई सुधार गर्न सकेमात्र समाज सुधार हुने अपेक्षा राखेर शुभकामना आदान प्रदान सहित यो तालिम आयोजना गरेको महिला विभागले जनाएको छ । एक दिने कार्यक्रममा सहभागी भएका शिक्षिकाहरुले शैक्षिक व्यवस्थापन, कक्षा कोठा व्यवस्थापन, समय व्यवस्थापन सगै आधुनिक शैक्षिक प्रणाली र नेतृत्व विकासको बारेमा तालिम लिन पाउदा शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले शैक्षिक पेशा समाजकै ऐना भएको बताउदै शिक्षक शिक्षिकाहरुलाई सम्मानित गर्नुपर्ने धारणा व्यक्त गरे । शिक्षक शिक्षिकाहरुले आत्मबल बढाउनु आवश्यक छ खाँणले भने,“शैक्षिक गुणस्तर बढाउन सकेमात्रै समाज रुपान्तरणमा टेवा पुग्छ ।” यसका लागि तिनतहकै सरकारले कार्ययोजना बनाएर अगाडी बढ्नु आवश्यक छ उनले भने ।
समाजका लागि महत्वपूर्ण भुमिका खेल्ने शैक्षिक पेशाकर्मीले शैक्षिक गुणस्तरमा जिम्मेवारी लिएर अगाडी बढ्न खाँणले सहभागीहरुलाई आग्रह गरे । पाठ्पुस्तक पनि स्थानीयतह भित्रै रहेका विद्यालयमा फरक—फरक हुनुले पनि शैक्षिक गुणस्तरमा कमजोर बनाएको अनुमान स्थानीय सरकारको छ खाँणले भने,“पाठ्यापुस्तकमा एकरुपता बनाएर शैक्षिक गतिविधि अगाडी बढाउनु आवश्यक छ ।”
हरेक स्थानीयतहले यसको अभियान अब आगामी शैक्षिक सत्रबाट शुरु गनुपर्छ उनले भने । शैक्षिक गुणस्तर कमजोर हुदा राज्यका संयन्त्र पनि कमजोर हुने रहेका वालिङ नगर उपप्रमुख कल्पना तिवारीले भनिन्,“शिक्षा कमजोर हुदा मुलुकमा भष्ट्रचार, हत्या, हिंसा, बलात्कार जस्ता घट्नाले प्रशय पाएको छ ।”
यस्ता तालिमले हरेक शिक्षक शिक्षिकलाई शिक्षण सिकाई क्रियाकलापमा पुनर्ताजगी बनाउने छ उनले भनिन् । सरकारले पनि शैक्षिक क्षेत्रलाई सुधार गर्ने कार्ययोजना तयार गर्नु आजको आवश्यक रहेको तिवारीको भनाई छ ।
कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मी रेग्मी, देवी अर्याल, गायत्री आचार्य, शंकर ज्ञावाली, डण्डपानी पंगेनी, डीलमाया शर्मा, सुनिता काफ्ले, गीता अर्याल लगायतका शिक्षक शिक्षिकाहरुले यस्ता तालिमहरु बेलाबेलामा राखेर शैक्षिक पेशाकर्मीलाई ताजगी बनाउनु आवश्यक रहेको बताएका थिए ।
तालिम किशोरदत्त बराल र केशव अम्गाईले सहजीकरण गरेका थिए । महिला विभाग प्रमुख सीता गौडेल गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सीता सिग्देल अर्याल र संचालन इन्दिर केसीले गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
टी–२० विश्वकप : ओमान र नामिबियाको खेल सुपर ओभरमा
जेठ २१, २०८१ सोमबार
अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन संयुक्त राष्ट्रसंघमा पेस गरिने
जेठ २१, २०८१ सोमबार
फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक
जेठ २१, २०८१ सोमबार
गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र
जेठ २१, २०८१ सोमबार
व्यवसायी एवं लगानीकर्ता टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित
जेठ २१, २०८१ सोमबार
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ २१, २०८१ सोमबार