प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेबाट नवनिर्मित कार्यालय भवन उद्घाटन
नेपालबहस संवाददाता
असोज १७, २०७६ शुक्रबार १९:५८:३४
१७ असोज, कास्की । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले वडा प्रहरी कार्यालय बैदाम कास्कीमा नव-निर्मित कार्यालय भवनको बिहीबार आयोजित कार्यक्रमवीच शिलालेख अनावरण गरी उद्घाटन गरेका छन् ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक घिमिरेले भवन निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थालाई कदरपत्र प्रदान गर्दै नेपाल प्रहरीले उपलब्ध सिमित श्रोत साधनका बाबजुद पनि जनलक्षित प्रहरी सेवाका लागि उत्कृष्ट कार्य सम्पादन गर्दै आइरहेको चर्चा गरे । नवनिर्मित भवनले थप उत्कृष्ट प्रहरी सेवा प्रवाहमा टेवा पुर्याउने विचार उनले व्यक्त गरे।
कार्यक्रममा जन-प्रतिनिधिहरुको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष धन बहादुर नेपालीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेपाल प्रहरीको कार्य सम्पादनलाई व्यवस्थित गर्न अत्यावश्यक पर्ने भौतिक पूर्वाधारको व्यवस्थाले प्रहरी सेवा प्रवाहमा थप उर्जा थप्ने उल्लेख गर्दै आगामी दिनमा आफूहरु प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
समाजसेवी तथा उक्त भवन निर्माण समितिका अध्यक्ष हिरु पुनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रतिनिधि, पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी कर्मचारीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, समाजसेवी, पोखरास्थित विभिन्न सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकार लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।
यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका-१४ बाट महोत्तरी जलेश्वर नगरपालिका-९ बस्ने २१ वर्षीय आनन्द पाठकलाई कटुवा पेस्तोल १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ज।११ प ४६५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पाठकले कम्मरमा लुकाई राखेको उक्त पेस्तोल फेला पारेको हो ।
उता कैलालीको, गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कबाट अवैध लागूऔषध चरेश करिब ६ केजी सहित बझाङ सुर्मा गाउँपालिका-४ बस्ने २३ वर्षीय सुरेश पुजारालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उता रुकुम ‘पश्चिम’का आठविसकोट नगरपालिका-९ राडी बस्ने टेरे कामीको घरमा आगजनी गरेको अभियोगमा उनकै सहोदर भाई २६ वर्षीय प्रेम बहादुर शेर्पालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी प्रेम बहादुरले उक्त घरमा आगजनी गर्दा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
यस्तै प्रहरी बुलेटिन अनुसार नुवाकोट, सिन्धुली, झापा, कैलाली र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
नुवाकोट, बेलकोट गढी नगरपालिका-८ ठुलो खोलास्थित सडकमा बा।२ ख ५९३६ नम्बरको ट्रकले बा.६३ प ४३४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रसुवा पार्बती कुण्ड गाउँपालिका-१ बस्ने २८ वर्षीय गम्बो छिरिङको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको छ ।
साथै उक्त मोटरसाइकलले ग.७ प ८१३८ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा घाइते भएका सो मोटरसाइकलमा सवार २ जना र बा.६३ प ४३४ नम्बरको मोटरसाइकलका चालक समेत ३ जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुली, दुधौली नगरपालिका-१० कुर्थास्थित सडकमा स.९ प १८०८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया बुधमाया बिकको कटारी अस्पताल उदयपुरमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, कन्काई नगरपालिका-१ जामुनखाडी चोकस्थित सडकमा को.३४ प ७९०४ नम्बरको मोटरसाइकलले को।३३ प १०५० नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका को.३४ प ७९०४ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय अजिव राईको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनालाई उपचारको लागि बिएण्डसी अस्पतालतर्फ पठाईएको छ ।
कैलाली, भजनी नगरपालिका-९ अम्बारीस्थित सडकमा से.७ प ८५२७ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने ४५ वर्षीय कलम बन्तोलाको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-१० मण्डपस्थित सडकमा लु.४४ प ७६५६ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता काठमाडौं महानगरपालिका-२२ पाको डेरा गरी बस्ने राधे साहुको कोठामा बिहीबार राति आगलागी हुँदा कोठामा रहेको नगद ४ लाख रुपैयाँ जलेर नष्ट भएको छ । आगालगीबाट भएको क्षतिको पूर्ण विवरण हाल खुल्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार