प्रहरी संगठन सुदृढिकरणका लागि सबैको श्रृजनात्मक प्रयास जरुरी : आइजीपी खनाल
नेपालबहस संवाददाता
असोज १७, २०७६ शनिबार ३:४९:४२
१७ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी संगठनलाई अझै राम्रो बनाउने भन्दा अरु कुनै विकल्प नभएकोले यसको सुदृढिकरणको लागि सबैको श्रृजनात्मक प्रयास जरुरी रहेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार प्रहरी अधिकृत तथा जवानहरुलाई शान्ति सुरक्षा एवं समसामयिक विषयमा निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताए ।
नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली एवम् छठ पर्व तथा नेपाल संवतको अवसरमा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढी चनाखो भई आफ्नो क्षमताको प्रदर्शन गर्दै जिम्मेवारी वहन गर्न प्रहरी महानिरीक्षक खनालले निर्देशन दिए।
नागरिकलाई पुर्यादउँदै आएको सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले चाडपर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न समुदायसँग सहकार्य गर्दै जानुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारले लिएको दृष्टिकोण अत्यन्तै राम्रो भएको चर्चा गर्दै त्यसलाई आत्मसात गर्दै प्रहरी कर्मचारीहरुले इमानदारिता एवम् निष्ठापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।
अरुको भन्दा पनि आफ्नो क्षमतामा विश्वास गर्दै आफूलाई दिएको जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गर्न सबै प्रहरी कर्मचारी एक्यबद्ध भई सक्रिय रुपमा प्रस्तुत हुन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
साथै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ५ नम्बर प्रदेश तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत १६ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला अवलम्बन गर्नुपर्ने शान्ति सुरक्षासँग सम्बन्धित नीतिहरु, समुदाय(प्रहरी साझेदारी कार्यक्रम, प्रहरी कर्मचारीहरुको बोली, वचन, व्यवहार र पोशाक, प्रहरी कार्य एवं समसामयिक विषयमा शुक्रबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएका छन् ।
चाडपर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रियताको लागि उनले भिडियो कन्फ्रेन्सद्वारा उक्त निर्देशन दिएका हुन् ।
यस्तै प्रहरी बुलेटिन अनुसार बाराको कलैया उपमहानगरपालिका १३ छोटकी फुलवरियाबाट करिब १२ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका पटाका सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना।४ च ६९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त पटाका फेला पारी गाडी चालक सोही ठाउँ बस्ने २७ वर्षीय सुकमान मोत्तान समेत ३ जनालाई पक्राउ गरेको हो ।
यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ चाइनागेटस्थित पूर्वपश्चिम सडकमा ना.८ ख ३८७२ नम्बरको ट्याङकरले ना।५६ प ३९३५ नम्बरको मोटरसाकललाई शुक्रबार बिहान ठक्कर दिंदा मोटरसाइकलमा सवार ३५ वर्षीया सिता न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय शशी न्यौपानेको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, सुन्दरहरैंचा नगरपालिका(७ ठडिया चोकस्थित पूर्वपश्चिम राजमार्गमा को।१ ज ३१६८ नम्बरको पिकअप भेन र को।३५ प १४२२ नम्बरको मोटरसाइकल शुक्रवार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका(२ बस्ने २० वर्षीय योगेश निरौलाको बिराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय सुसन कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार