त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह
नेपालबहस संवाददाता
असोज १८, २०७६ आइतबार १:४८:२९
१८ असोज गौशाला । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले धार्मिक, भूगोल एवं सांस्कृतिक कारणले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा टिकाउनका लागि त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउनका लागि शिक्षासँग सरोकारवाला निकायसमक्ष आग्रह गरेका छन्।
शनिबार महोत्तरीको गौशालामा आयोजित पढाइका निरन्तरताका लागि शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बालबालिकालाई विद्यालयमा भर्ना गरेर टिकाउन, सिकाउन एवं सक्षम बनाउने किसिमको शिक्षा प्रदान गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरे ।
स्थानीय त्रिभुवन माविमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले वर्तमान समयमा सामुदायिक विद्यालयमा सिकाइ केन्द्रित पद्धतिलाई समयसापेक्ष घोकाइ प्रवृत्तिलाई त्याग गर्दै नवप्रविधिले पठनपाठन गराउनुपर्ने कुरामा जोड दिए ।
मन्त्री पोखरेलले यसभन्दा अगाडि पहँुचको आधारमा खोलिएका विद्यालयलाई गुणको आधारमा मर्जर गरी वैज्ञानिक तवरले व्यवस्थापन गरिनुपर्ने खाँचो औँल्याए ।
कार्यक्रममा प्रदेशसभा सदस्य भरतप्रसाद साहले उचित भौतिक पूर्वाधारको अभावमा यहाँका विद्यालयमा भर्ना भएका विद्यार्थीलाई टिकाउनका लागि मुस्किल परेको बताए । नगरप्रमुख शिवनाथ महतोले सामुदायिक विद्यालयका शिक्षकलाई समयअनुसार तालीम प्रदान गर्नका लागि मन्त्री पोखरेलसँग आग्रह गरे ।
कार्यक्रममा त्रिभुवन मावि गौशाला, जनता मावि रजखोर र वीरेन्द्र मावि बेलगाछीका कक्षा १ मा भर्ना भएका ५०० विद्यार्थीलाई गैरआवासीय नेपाली सङ्घले शैक्षिक सामग्री, झोला तथा पोशाक वितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार