प्रहरी बुलेटिन : दशैँको बेला जुवातास खेल्ने १७ जना पक्राउ
नेपालबहस संवाददाता
असोज १९, २०७६ सोमबार ०:२८:५६
१९ असोज, ललितपुर । मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका-१ सिरुटार बस्ने ३७ वर्षीया सुष्मा श्रेष्ठ, काठमाडौं महानगरपालिका-२५ बाङ्गेमुडा बस्ने ४७ वर्षीया निर्मला श्रेष्ठ, काठमाडौं सितापाइला बस्ने काठमाडौं महानगरपालिका-१७ ठहिटि घर भएका ३६ वर्षीया निलिमा श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका-१ ईमाडोल बस्ने ४२ वर्षीय निरज ताम्राकार रहेका छन् ।
उनीहरुको साथबाट कम्प्युटर सेट ,मोबाइल, बल्यु प्रिन्ट, ट्रेस नक्सा, जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने बाहिरी रातो कवर १० थान, रबर स्टयाम ४ थान, स्याम प्याड र बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जाहरु समेत बरामद भएको उक्त परिसरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै, प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेल्ने १७ जना पक्राउ परेका छन् । बारा, जितपुर सिमरा उपमहानगरपालिका-१६ डकाहा गाउँ बस्ने ३२ वर्षीय मोहन साहको घरमा जुवातास खेलिरहेको अवस्थामा मोहन साह समेत ९ जनालाई नगद २८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बझाङ, जयपृथ्वी नगरपालिका-११ धामीलेक बस्ने २२ वर्षीय खगेन्द्र जोशीको पसलमा जुवातास खेलिरहेको अवस्थामा खगेन्द्र जोशी समेत ८ जनालाई नगद ३७ हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता ललितपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाकाल नगरपालिका-६ सानोगाउँ बस्ने २९ वर्षीय अनिल नेमकुललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेमकुलले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै काठमाडौं, सिन्धुपाल्चोक, उदयपुर, बर्दिया, सोलुखुम्बु र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सडकमा बा.१९ च ३५५५ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका हाल वतन नखुलेका अन्दाजी ६५ वर्षीय कृष्ण राज ढकालको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ। जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-५ स्थित सडकमा बा।२ ख ६५८५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका सोही नगरपालिका घलेगाउँ बस्ने भिम बहादुर घलेको छोरी ३ वर्षीया प्रेरणा घलेको जिल्ला अस्पताल चौतारा मा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर, कटारी नगरपालिका-२ स्थित सडकमा को।१ ज ३४०० नम्बरको जिपले ज.५ प ७५५७ नम्बरको मोटरसाइकलसालाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका-९ लदाह भिर बस्ने ३४ वर्षीय रूपेन कुमरको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, बाँसगढी नगरपालिका-८ स्थित सडकमा भे.५ प ३१८० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ४७ वर्षीय बालकृष्ण थारुको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएकी मृतकको श्रीमती ४५ वर्षीया सिता प्यारी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक बाँसगढी नगरपालिका-७ देउडा बस्ने २३ वर्षीय दिनेश थारुको मेडिकल कलेज कोहपुरमा उपचार भइरहेको छ ।
सोलुखुम्बु, दुधकुण्ड नगरपालिका-११ बरडाँडास्थित सडकमा बा.१५ च ९४२० नम्बरको बलेरो जिप शनिबार राति अनियन्त्रित भई सडकबाट खसेर ना.१ ज ५३४२ नम्बरको टाटा सुमो जिप माथि खस्दा बलेरो जिप चालक नेचा सल्यान गाउँपालिका-२ बस्ने २१ वर्षीय लेख बहादुर खडकाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ना।१ ज ५३४२ नम्बरको टाटा सुमो जिपका चालक समेत ९ जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाइएको छ ।
सुर्खेत, बिरेन्द्रनगर नगरपालिका.१४ राता नाग्लास्थित सडकमा भे.१ ज १०८४ नम्बरको जिप अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार जुम्ला गोठीचौर गाउँपालिका-४ बस्ने २५ वर्षीय सुरेन्द्र शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता कीर्तिपुर नगरपालिका-२ मैत्रीनगर डेरा गरी बस्ने सिराहा भगवानपुर गाउँपालिका-५ घर भएका गणेशचन्द्र लालको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब ३ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँट डेरा गरी बस्ने रुपन्देही घर भएका भिम बहादुर ठकुरीको कोठाबाट नगद, सुनका गरगहना तथा मोबाइल समेत गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका-८ जय बागेश्वरीस्थित रौतहट घर भएका ४० वर्षीय राम बहादुर मिश्रको प्लाष्टिकको भाँडाहरुको गोदाममा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रौतहट, राजपुर नगरपालिका-२ बस्ने रामबिश्वाश मुखियाको गोठमा बिद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्याङजा, भिरकोट नगरपालिका-५गढी भञ्ज्याङ बस्ने राम उचाईको कटेज रेष्टुरेन्टमा ग्याँस सिलिण्डर पड्कन गई आइतबार बिहान आगलागी हुँदा कटेज पूर्णरुपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
आठ डीआईजीका लागि दर्जन एसएसपीहरु प्रतिस्पर्धामा
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
कात्तिक २३, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा दम्पती मृत फेला
कात्तिक २३, २०८१ शुक्रबार
दुर्घटनामा मृतक पाँच जनाको सनाखत
कात्तिक २३, २०८१ शुक्रबार