क्रिकेट सिरिज : नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दै
नेपालबहस संवाददाता
असोज २०, २०७६ सोमबार १३:२१:५७
१९ असोज, काठमाडौं । पाँच देशीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज सोमबार नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।
सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसंग खेल्न लागेको हो । ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल बिहान सवाँ ११ बजे सुरु हुनेछ । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोही लयलाई दोस्रो खेलमा समेत निरन्तरता दिन चाहन्छ ।
नेपालले सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो । तर बिनोद भण्डारीको नायकत्वमा नेपालले ४ विकेटको शानदार जित आत्मसाथ गरेको थियो ।
सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसंग ६ विकेटले पराजित भएको थियो ।
यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार