टी–ट्वान्टी सिरिज श्रीलंकाले जित्यो
नेपालबहस संवाददाता
असोज २१, २०७६ बुधबार ०:४९:१३
२१ असोज, एजेन्सी । पाकिस्तानविरुद्वको टी–ट्वान्टी सिरिज श्रीलंकाले जितेको छ । मंगलबार भएको दोस्रो खेलमा पाकिस्तानलाई ३५ रनले हराउँदै श्रीलंकाले तीन म्याचको सिरिजमा २–० ले अग्रता लिएको छ ।
श्रीलंका अहिले पाकिस्तान भ्रमणमा रहेको छ । १ सय ८३ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभरमा १ सय ४७ रनमा समेटिएको हो ।पाकिस्तानका इमाद वासिमले ४७ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।
आसिफ अलीले २९ र सर्फराज अहमेदले २६ रन बनाए ।अन्य ब्याट्सम्यानले दोहरो अंकको स्कोर छुन सकेनन् ।श्रीलंकाको नुवान प्रदीपले सार्व्धिक ४ विकेट लिए । यसअघि, सुरुवाती ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
भानुका राजपाक्षेको ७७ रनको मदतले श्रीलंकाले सो स्कोर खडा गरेको थियो । शेहान जयसुर्याले समेत ३४ रनको योगदान दिएका थिए ।कराँचीमा भएको खेलमा जित निकाल्दै श्रीलंकाले सिरिज आफ्नो पक्षमा पारेको छ । तेस्रो तथा अन्तिम खेल अब लाहोरमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार