कावासोतीमा पर्यटन सूचना केन्द्र निर्माण
नेपालबहस संवाददाता
असोज २२, २०७६ बिहिबार ०:२०:४२
२२ असोज, कावासोती । पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ ।
नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन तथा नगरभित्र रहेका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्नका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताए।
कावासोती नगरपालिकामा पर्यटकीय हिसाबले सम्भावना बोकेका धेरै क्षेत्र रहेकाले यहाँ आउने पर्यटकले सहज रुपमा पर्यटकीय क्षेत्रको जानकारी हासिल गर्न सकून् भनेर पर्यटन सूचना केन्द्र निर्माण गरिएको उनले बताए । कावासोती नगरपालिका–१५, गोडारमा पर्यटन सूचना केन्द्रको भवन निर्माण गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक वन्यजन्तु अवलोकनका लागि आउने गरेका छन् । कावासोती–१५, मा नै सामुदायिक स्तरबाट सफल रुपमा घरवाससमेत सञ्चालनमा रहेको छ ।
नारायणी तटीय क्षेत्र, नगरभित्र रहेको पोखरी ताल, नारायणी गङ्गेश्वर धाम, महाराज थान, पर्यटकीय सम्भावना बोकेको बालुवाडाँडा लगायतका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरु रहेको भए पनि उचित जानकारी नहँुदा पर्यटकहरु यी क्षेत्रमा नपुग्ने भएकाले सबै पर्यटकीय क्षेत्रको जानकारी दिन पर्यटन सूचना केन्द्र निर्माण गर्न लागिएको नगरप्रमुख पुनको भनाइ छ ।
पर्यटकहरुले सहज रुपमा जानकारी हासिल गर्दा ओझेलमा परेका पर्यटकीय क्षेत्रमा समेत चहलपहल बढ्ने र यसले समग्र नगरको पर्यटकीय विकासमा टेवा पु¥याउने प्रमुख पुनले बताए ।
सूचना केन्द्रमार्फत यस क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क राखिने भएकाले, पर्यटकको आगमन कस्तो रहेको छ, कुन कुन स्थानबाट पर्यटक आउने गरेका छन् आदि सबै जानकारी हासिल गर्न सकिने हुँदा आगामी दिनमा पर्यटनको सवालमा नीति निर्माण तथा योजना बनाउन सहयोग पु¥याउने कावासोती नगरपालिका–१५, का वडाध्यक्ष देवनारायण महतोले बताए ।
कावासोती नगरपालिकाको रु आठ लाख ५० हजार बजेटमा गत वर्ष भवन निर्माण गरिएको थियो । चालू आर्थिक वर्षमा समेत पर्यटन सूचना केन्द्रका लागि रु पाँच लाख विनियोजन गरिएको वडाध्यक्ष महतोले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार
रुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
पुष ३, २०८१ बुधबार