बेल्जियम युरो कपमा छनोट
नेपालबहस संवाददाता
असोज २४, २०७६ शुक्रबार ११:३५:१३
२४ असोज एजेन्सी । बेल्जियम युरो कपमा छनोट भएको छ । बिहिबार राति भएको खेलमा सान मारिनोलाई ९–० गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपमा छनोट हुने पहिलो देश बनेको हो ।
शीर्ष स्थानको बेल्जियमले ७ खेलबाट २१ अंक बटुल्यो । सान मारिनो अझै अंक विहिन हुदै तालिकाको पुछारमा छ ।बेल्जियमले तेस्रो स्थानको साईप्रससंग ११ अंकको अग्रता लिन सफल भएको हो ।
बेल्जियमले पहिलो हाफमै ६–० को अग्रता लिएको थियो । जसमा रोमेलु लुकाकुले दुई, दुई आत्मघाति र नसर चदली र युरी टाइलेमेनले एक एक गोल गरेका थिए ।
दोस्रो हाफपछि क्रिस्टियन बेनटेक, यारी भर्सेर्केन र टिमोथी केस्टनटले गोल गरेका थिए । लुकाकुले बेल्जियमका लागि ५१ गोल गरे ।
उनी बेल्जियमका लािग ५० गोल पुरा गर्ने पहिलो खेलाडी बने । ईन्टर मिलानका फरवार्ड लुकाकुको पछिल्लो १० खेलमा देश र क्लबका लागि छैटौ गोल हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार