कानुन पालनामा अवरोध गरेका कारण ट्रम्प दोषी
नेपालबहस संवाददाता
असोज २४, २०७६ शुक्रबार ११:४५:१२
२४ असोज, एजेन्सी । अमेरिकाका भूतपूर्व उपराष्ट्रपति जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाइनु पर्छ भनेर पहिलोपटक प्रत्यक्ष आह्वान गरेका छन्।
न्यू ह्याम्पसरमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले कानुन पालनामा अवरोध उत्पन्न गराएर ट्रम्प स्वयंले आफूमाथि आरोप प्रमाणित गराइरहेको बताए।
सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडन विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार मनोनीत हुने दौडमा छन्। उनको दल डेमोक्र्याटिकका अगुवाहरूले सदनमा ट्रम्पविरुद्ध महाभियोगको छानबिन गरिरहेका छन्।
ह्वाइट हाउसले सदनले थालेको महाभियोग छानबिनमा सहयोग नगर्ने बताएको भोलिपल्ट बाइडनको यो टिप्पणी आएको छ। बाइडनले सम्बोधन गर्दै गर्दा ट्रम्पले भने ट्विटरमा उनीप्रति अपमानजनक शब्द प्रयोग गर्दै खिल्ली उडाएका छन्।
युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वी बाइडनविरुद्ध छानबिन गराउन दबाव दिएको आरोपमा ट्रम्पमाथि सदनका डेमोक्र्याटिक नेताहरूले महाभियोगको छानबिन गरिरहेको छ।
यसबीच विपक्षी डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने ह्वाइट हाउसले जनाएको छ। सो छानबिनलाई उसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको छ।
डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएका छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार