आइतबार सार्वजनिक विदा, २० घण्टा नेपाल बस्दा सीले के–के गर्दैछन् ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २४, २०७६ शुक्रबार १६:३९:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/Xi-Jinping-123-1024x536_nRc425Yrh1.jpg)
२४ असोज, काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि भोली शनिबार चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउँदैछन् । यो भ्रमण सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो ।
संघीय सरकारले चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको छ । सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।
यस्तो छ सीको भ्रमण तालिका
करिब २० घण्टा नेपाल बस्ने राष्ट्रपति सी शनिबार बेलुकी ४ः३० बजेदेखि ५ः३० बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम तय भएको छ ।
एयरपोर्टमा अवतरण पश्चात राष्ट्रपति सी सिधै आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतलविनास पुग्ने र करिब ६ः३० बजे दुइपक्षिय भेटवार्ता गर्ने छन् । सो अवसरमा दुई देशीबीचको सम्बन्धको विस्तारका विषयमा विचार विमर्श हुने जानकारी समाचार स्रोतले दिएको छ ।
त्यस लगत्तै करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् । रात्रिभोजसँगै उनको शनिबारको कार्यक्रम सकिनेछ ।
आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ताको तयारी गरिएको छ । वर्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआई लगायतका विविध पक्षमा छलफल हुने बताइएकाे छ । बिहान करिब १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्तार हुने प्रारम्भिक कार्यक्रम तय भएको छ ।
कार्यक्रमकै दौरानमा चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शीर्ष नेतासहित विभिन्न राजनीतिक दलका नेताले भेटवार्ता गर्नेछन् । राष्ट्रपति सी करिब २० घण्टे नेपाल बसाइ सकेर नेपाली समयअनुसार मध्यान्न १२ः३० बजे एयर चाइनाको जहाजबाट स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
यस्ता छन्, मुख्य अजेण्डा
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको मूल उद्धेश्य भनेको सहयोग प्रदान गर्नु नै रहेको स्पष्ट छ । भ्रमणका बेला चीनको स्वार्थ गाँसिएका महत्वकाँक्षी परियोजना निर्माणमा द्विपक्षीय सन्धि सम्झौता हुने छ ।
सीको भ्रमणका बेला करिव एक दर्जन परियोजनामा चिनियाँ सहयोग प्राप्त गर्ने अजेण्डा नेपालले तयार गरेको छ । जसमा केरुङ काठमाडौं रेलमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
यस्तै काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म सुरुङ मार्ग हुँदै रसुवाको स्याप्रुबेशीसम्म जोड्ने मार्गको निर्माण सम्वन्धी परियोजनामा पनि सम्झौताको तयारी गरिएको छ । साथै नेपाल चीन जोड्ने पहिलो नाकाका रुपमा रहेको सिन्धुपाल्चोकको मितरी पुलदेखि काभ्रेको धुलिखेलसम्मको बाटो स्तर उन्नती गर्ने सम्वन्धी आयोजना पनि सम्झौता गर्ने सूचिमा परेको छ ।
नेपाल सरकारले चीनसँग नाका जोडिने कोशी , गण्डकी र कर्णाली करिडोर निर्माणमा समेत चिनियाँ सहयोग जुटाउने तयारी गरेको छ । भ्रमणलाई फलदायी बनाउन ओली सरकारले अरु पनि महत्वाकाँक्षी परियोजना तयार गरेको छ ।
सार्वजनिक विदा
चिनियाँ राष्ट्रपति सीको नेपाल आगमनलाई सम्मान गर्दै सरकारले आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको हिजो विहिबार बसेको वैठकले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअशोक राई नेतृत्वको जसपाका मन्त्रीले राजीनामा दिने
असार २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले साथदिन भनेपछि गोजीबाट राजीनामा नझिकि फर्किए रास्वपाका मन्त्रीहरू
असार २०, २०८१ बिहिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार
ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा
असार २०, २०८१ बिहिबार
जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
असार २०, २०८१ बिहिबार
मौरी विकास पकेट क्षेत्रमा किसानलाई अनुदानमा लिचीका बिरुवा
असार २०, २०८१ बिहिबार
जन्मदिनको अवसरमा सिन्दुरेघारी चाँदी खोला छेउमा वृक्षारोपण
असार २०, २०८१ बिहिबार
खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराेको उच्च जोखिममा
असार २०, २०८१ बिहिबार