राष्ट्रपति सीको सुरक्षाका लागि ५० चिनियाँ सुरक्षाकर्मी काठमाडौंमा
नेपालबहस संवाददाता
असोज २५, २०७६ शनिबार १३:२७:४२
२५ असोज काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सुरक्षाका लागि ५० चिनियाँ सुरक्षाकर्मी काठमाडौं आइसकेका छन् ।
उनीहरूले सीको रुटको सूक्ष्म अध्ययन गरेका छन् । कतिपय सूचना संकलनमा खटिएका छन् । सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन् । सी चढ्ने गाडीसमेत गत मंगलबार चीनबाट ल्याइसकिएको छ ।
सीको भ्रमणका लागि सरकारले सोल्टी होटेल तीन दिनका लागि बुक गरेको छ । सुरक्षाका कारण होटेलमा अन्य सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्मका लागि सबै कोठा बुक गरिएको हो ।
सोल्टी होटेलमा एउटा कोठाको एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । होटेलमा दुई सय ८३ कोठा छन् । जसअनुसार तीन दिनको एक करोड २७ लाख रुपैयाँ होटेललाई तिर्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजसमेत सोल्टी होटेलमै दिनेछिन् ।
तिब्बती शरणार्थी तथा केही मानवअधिकारवादीले प्रदर्शनको तयारीको सूचना पाएपछि शनिबार र आइतबार चिनियाँ दूतावास र कन्सुलर अफिसअगाडिको सडकमा आवतजावत रोक्ने भएको छ । प्रहरी स्रोतका अनुसार दुई ठाउँमा सडक डाइभर्सनको निर्णय भइसकेको छ ।
सीको सवारीका क्रममा एक घन्टासम्म रोड खाली हुने भएको छ । पैदलयात्रुलाई समेत रोक्ने गरी सडक खाली गर्न लागिएको छ । विमानस्थलदेखि तिनकुने, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै उनी सोल्टी होटेल पुग्नेछन् । त्यहाँबाट राष्ट्रपतिनिवास शीतलनिवास जाने कार्यतालिका छ ।
फर्कंदा पनि कम्तीमा एक घन्टा सडक खाली हुने एक ट्राफिक प्रहरी अधिकारीले बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक सडक प्रयोग गर्न अपिल गरेको छ । सडक व्यवस्थापनका लागि समेत सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
आठ डीआईजीका लागि दर्जन एसएसपीहरु प्रतिस्पर्धामा
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
कात्तिक २३, २०८१ शुक्रबार
उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
कात्तिक २३, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा दम्पती मृत फेला
कात्तिक २३, २०८१ शुक्रबार